शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

महाअभियोगदर्तापछि बोलिन् सुशीला, के भनिन् ?

मङ्गलबार, २६ वैशाख २०७४, ११ : २०
मङ्गलबार, २६ वैशाख २०७४

काठमाडौँ, २५ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चता, कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्ने दिशामा सबैको ध्यान जानुपर्ने बताएकी छिन् ।

कानुन दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नागरिकका संवैधानिक एवम् कानुनी हक अधिकारको सच्चा पहरेदारका रुपमा रहेको स्वतन्त्रता न्यायपालिकाको आधारस्तम्भ भएको बताइन् । सन्देशमा प्रधानन्यायाधीश कार्कीले भनेकी छिन्, “यो दिवसले संवैधानिक सर्वोच्चता, कानुनको शासन र स्वतन्त्र न्यापालिकाको मूल्य मान्यता जर्गेना गर्ने दिशामा सम्बन्धित सबैको यथोचित प्रयास हुने अपेक्षा गरेकी छु ।” कानुनको शासन एवम् स्वतन्त्र न्यायपालिका स्थापनाका लागि जारी भएको प्रधान न्यायलय ऐन, २००८ लागू भएको दिनको सम्झनास्वरुप मनाउने यो दिवसले कानुनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवम् राष्ट्रसेवामा जुट्ने प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरिन् ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप