प्रिमियर इन्स्योरेन्सको नाफा १८ करोड ४७ लाख
मङ्गलबार, २६ वैशाख २०७४, ११ : ३७
काठमाडौं, वैशाख २५–निर्जिवन बीमा सेवा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्सले तेईसौ बार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले कम्पनीको नयाँ लोगोको अनावरण गरेका छन् ।
आव २०७२÷७३ मा कम्पनीले कुल बीमा शुल्क १ अर्व ४२ लाख आर्जन गरी खुद नाफा १८ करोड ४७ लाख आर्जन गरेको छ । कम्पनीको हाल चुक्ता पँुजी ४४ करोड ८५ लाख रहेको जनाइएको छ ।
कम्पनीको व्यावसायिक लक्ष्य पूरा गर्न कम्पनीको अधिकृत पूँजी ७५ करोडलाई बृद्विगरी २ अर्व र जारी पुँजीलाई १ अर्व ५० करोड वनाएको यस कम्पनीले सोको लागि ६ लाख ५९ हजार कित्ता शेयर एफपीओ जारी गर्न एनएमबी क्यापिटलसँग सम्झौता भई धितोपत्रबोर्डमा स्विकृतिको निवेदन पेश गरेको छ ।
चालु आवको तेश्रो त्रैमासिकको अन्तसम्ममा कम्पनीले १ अर्व ७७ लाख बीमा शुल्क आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण