वनमन्त्रीमाथि एमालेका कार्यकर्ताद्वारा आक्रमणको प्रयास गरेकोमा काँग्रेसको निन्दा
तनहुँ, २६ वैशाख । नेपाली काँग्रेसले सोमबार वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीमाथि नेकपा (एमाले) का कार्यकर्ताले तनहुँको भानुमा आक्रमणको प्रयास गरेको र नेपाली काँग्रेसबाट वडा नं १ का अध्यक्षका उम्मेदवार बनेका आशबहादुर लामामाथि अभद्र व्यवहार गरेको भनी निन्दा गरेको छ ।
निर्वाचनका समयमा जिल्ला आएको भन्दै एमाले कार्यकर्ताले लमजुङबाट राजधानी फर्कने क्रममा डुम्रे बेँसीसहर खण्ड अवरुद्ध पारेर मन्त्री भण्डारीमाथि आक्रमणको प्रयास गरेको बताइएको छ । घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको टोलीले मन्त्री भण्डारीलाई उद्धार गरेको थियो ।
मन्त्री भण्डारी लमजुङमा एक मित्रको शुभकार्यमा सहभागी भएर राजधानी फर्कँदै थियो । व्यक्तिगत कार्यमा सहभागी भएर फर्कंदै गर्दा एमाले कार्यकर्ताले आक्रमणको प्रयास गर्नु अत्यन्त निन्दनीय भएको मन्त्री भण्डारीको भनाइ छ ।
काँग्रेस भानुनगर समितिका सभापति श्रीभक्त आचार्य र काँग्रेस तनहुँका सचिव विश्व बास्तोलाले उनीहरुमाथि आक्रमणको प्रयासको निन्दा गर्दै सो घटनाको विषयमा दोषीमाथि कारबाही गर्नुपर्ने माग प्रशासनसमक्ष गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण