शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

जेठ ४ गतेभित्र प्रधानमन्त्रीले राजीनामा दिने सहमति

मङ्गलबार, २६ वैशाख २०७४, १२ : ३७
मङ्गलबार, २६ वैशाख २०७४

बैशाख २६, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ४ गतेभित्र राजीनामा दिने भएका छन् । पहिलो चरणको चुनाव लगत्तै राजीनामा गरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोलिदिने विषयमा काँग्रेस र माओवादीका शीर्ष नेताबीच सहमति बनेको छ ।

‘जेठ ४ गतेभित्र प्रधानमन्त्रीले शेरबहादुर देउवाका लागि बाटो खुला गरिदिने समझदारी बनेको छ ।’ प्रधानमन्त्रीको स्वकीय सचिवालय स्रोतले रातोपाटीसँग भन्यो, ‘त्यसपछि आबशयक प्रक्रिया पुर्राएर बजेट अगाडि नै नयाँ सरकार बन्छ ।’ स्रोतका अनुसार जेठ ४ गते संसद वैठकलाई सम्बोधन गरेर प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्ने सम्भावना छ । महाअभियोग प्रकरणपछि संसद वैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ । यहीँ बैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्वर ३,४ र ६ मा स्थानीय तहको चुनाव हुँदैछ । गत साउन १९ मा काँग्रेस माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएका हुन ।

त्यसबेला गठबन्धनमा सहभागी दलबीच चैत्रसम्म स्थानीय तहको चुनाव गरेर काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको थियो । स्थानीय तहको चुनावमा केही ढिलाइ भएपछि सत्ता हस्तान्तरणको विषयमा पनि ढिलाई भएको छ ।

विगतमा भद्र सहमति कार्यन्वयन नभएको अबस्थामा प्रचण्डले सरकारको नेतृत्व हस्तान्तरण गर्न मान्लान भन्ने प्रश्न पनि उठेको थियो । यस अघि गत चैत्र २० गते रातोपाटीलाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्रीले पहिलो चरणका चुनाव भएलगत्तै राजीनामा दिएर काँग्रेस सभापति देउवाका लागि बाटो खुला गरिदिने बताएका थिए ।

अन्तर्वार्ता पढ्न यहाँ जानुहोस्

चुनाव सकिनेबित्तिकै प्रधानमन्त्री पद शेरबहादुर देउवालाई सुम्पन्छु (प्रधानमन्त्री प्रचण्डको अन्तर्वार्ता/भिडियो)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप