बच्चालाई स्तनपान गराइरहेकी महिलालाई भनियो, ‘आफ्नो स्तन ढाक’: महिलाको जवाफ भयो भाइरल
एजेन्सी
बैशाख २६ – साना बच्चासँग यात्रा गर्नु वा कतै नजानु दुबै मुश्किलको कुरा हो । बच्चालाई जुनसुकै समयमा जहाँ पनि भोक लाग्न सक्छ । यस्तोमा आमाले आफ्नो बच्चालाई भोको देख्न सक्दिनन् र कसैको पर्वाह नगरी स्तनपान गराउनु आफ्नो प्राथमिकता सम्झने गर्दछन् ।
स्तनपानमाथि गरियो आपत्तिः
जर्जियाकी २८ वर्षीया एबर्डी लेनेको दुई महिनाको बच्चा भोकले रुन थाल्यो । एबर्डीले कसैको पर्वाह नगरी मिलिट्री लेनको एचआर ब्लकमा बच्चालाई स्तनपान गराउन सुरु गरिन् तर यो कुरा उनको म्यानेजरलाई मन परेन र यसमा आपत्ति जनाए ।
भने, ‘रुमालले आफ्नो स्तन ढाक’
म्यानेजरले स्तनपान गराइरहेकी एबर्डीको नजिकै गएर उनलाई आफ्नो स्तन ढाक्न सुझाए । म्यानेजरले यस्तो कुरा गरेको सुनेर उनी अचम्मित भइन् । म्यानेजरले उनलाई ‘कि त रुमालले वा कुनै अन्य कुराले आफ्नो स्तन ढाक नभए यहाँबाट उठेर जाउ’ भने ।
महिलाले दिइन् अचम्म पारिदिने जवाफः
एबर्डी म्यानेजरको यो कुराले निकै आहात भइन् तर उनले यसको तगडा जवाफ दिइन् । उनको जवाफ सुनेर त्यहाँ उपस्थित हरेक व्यक्ति चुपचाप लागे । महिलाले म्यानेजरको अगाडि एउटा कपडा राख्दै चाहेको खण्डमा यसले मुख छोप्ने सल्लाह दिइन् । एबर्डीले भनिन्, ‘यदि तपार्ईंलाई मैले स्तनपान गराउँदा यति धेरै समस्या भइरहेको छ भने यसले (कपडा देखाउँदै ) आफ्नो अनुहार ढाक्नुहोस् ।’
फेसबुक पोष्ट भयो भाइरलः
महिलाले यसको उजुरी मिलिट्रि पुलिसलाई पनि दिइन् । महिलाको उजुरीमा पुलिसले म्यानेजरलाई ‘स्तनपान गराएकै कारण त्यहाँबाट निस्किएर जाउ भन्न मिल्दैनथ्यो’ भनी सम्झाए । महिलाले आफ्नो फेसबुक पोष्टमार्फत यो घटनाको जानकारी दिइन् । महिलाको फेसबुक पोष्ट सोेसल मिडिउामा भाइरल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण