नेपालमा वैदेशिक लगानी आकर्षित हुन थाल्योः उद्योगमन्त्री
काठमाडौं, बैशाख २६–सरकारले नेपालमा वैदेशिक लगानी आकर्षित भएको जनाएको छ ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले नेपालमा बैदेशिक लगानी भित्र्याउन सरकारले ८ वटा नीतिगत निर्णय लिएको पनि स्पष्ट पारे । उनले बैदेशिक लगानी भित्रयाउन राजनीतिक स्थायित्व अझै कायम हुन नसकेपनि ऐन, कानुनसम्बन्धि नीतिगत निर्णय भने सरकारले लिइसकेको उल्लेख गरे ।
मंगलबारदेखि काठमाडांैमा सुरु भएको नेपाल व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री जोशीले नेपालमा बैदेशिक लगानी भित्र्याउने अनुकूल वातावरण बनाउन सरकारले ८ वटा ऐन संशोधन गर्नु परेको पनि बताए ।
उनले नेपालमा लगानी गरे प्रतिफल पाउनेमा ढुक्क हुन पनि अन्तराष्ट्रिय समुदायसँग पुनः आग्रह गरे ।
मन्त्री जोशीले नेपालमा खनिज उद्योगको पनि प्रचार सम्भावना रहेको स्मरण गराए । सम्मेलनमा दक्षिण एशीयाली राष्ट्रका उद्योगी÷व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको छ ।
औद्योगिक क्षेत्र विकासका विभिन्न आयामबारे जानकारी लिने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । दुई दिनसम्म चल्ने सम्मेलनमा गुणस्तरीय बस्तु उत्पादनका विषयमा विशेष जोड दिएर छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण