शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बालुवाटारमा कुरा नमिलेपछि गठबन्धनद्वारा आन्दोलन घोषणाको तयारी

मङ्गलबार, २६ वैशाख २०७४, १३ : ०७
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौ वैशाख २६ – बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा कुरा नमिलेपछि संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । संघीय गठबन्धनले आज बिहान नेपाली काँग्रेस, एमाले र माअ‍ोवादी केन्द्रसँग बालुवाटारमा छलफल गरेको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते सविधान संशोधन विधेयक पारित गर्न प्रयास गर्ने आश्वासन दिएका छन् । तर प्रधानमन्त्रीको प्रतिवद्धताप्रति विश्वास नलागेर आजै गठबन्धनको बैठक बसेर आन्दोलनको कार्यक्रम घोषणा गर्न लागिएको एक नेताले बताए । राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा आज ३ बजे गठबन्धनको बैठक बस्न लागेको छ । बैठकले दवाव मुलक कार्यक्रमको घोषणा गर्ने राजपा नेपालका ति नेताले जानकारी गराए । बालुवाटार वार्तामा के भयो थियो पढ्नुहोस्

बालुवाटार वार्तामा महन्थ ठाकुरले यसरी फुकाए गुनासोको पोको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप