सुनचाँदी व्यवसायी महर्जन ललितपुरको मेयरमा भिड्दै
काठमाडौं, वैशाख २६–सुनचाँदी व्यवसायमा आवद्ध रमेश महर्जन ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएसँगै चुनावी दोडमा सक्रिय भएका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष समेत रहेका उनले रविन्द्र मिश्रको साझा पाटीवाट मेयरमा उम्मेदवारी दिएका हुन् । नेपाल चेम्बर अफ कमर्शको सदस्य रहेका महर्जनले ललितपुरको ऐतिहासिक धरोहरको विश्वव्यापी प्रचारप्रसारबाट पर्यटन क्षेत्रमा समग्र विकासको एजेन्डा अघि सारेका छन् ।
‘ललितपुरलाई सम्पदा शहरको रुपमा विकास गरी ललितपुरवासीको आर्थिक, सामाजिक र समृद्धिको दीगो आधा निर्माण गर्दछौं, चुनावी दौडसंगै घरदैदोमा रहेका उनले भने, ‘युवा जनशक्तिलाई रोजगारी र सदाचारमा संलग्न गराउने, सर्वसाधारण जनताको सरकारी, अर्धसरकारी लगायत निकायमा सहज पहुँच स्थापित गर्ने योजना छ ।’
त्यसैगरी फोहोर मुक्त शहर अभियान, सफा बजार सञ्चालन खुल्ला मनोरञ्जन स्थलहरुको स्थापना गर्ने लोक संस्कृतिको प्रवद्र्धन गर्न अडिटोरियम निर्माण गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महिला उद्यमशीलता विकास गर्ने,आद्योगिक शहरको रुपमा विकास गर्ने लगायत उनका एजेण्डमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण