मेस्सी होइनन्, यिनी हुन् डुप्लिकेट ‘इरानियन मेस्सी’
काठमाडौँ वैशाख २६ – यदी तपाइँको अनुहार विश्वको सबैभन्दा चर्चित फुटबलरसँग मिल्छ भने के गर्नुहुन्छ ?
यदी तपाईं इरानका विद्यार्थी रेजा पारास्तेसजस्तै लियोनेल मेस्सीसँग अनुहार मिल्थ्यो भने उनीजस्तै बार्सिलोनाको १० नम्बरको जर्सी लगाएर सहरमा हिँड्नुहुन्थ्यो होला ।
तर, दुर्भाग्यवस यही कारण २५ वर्षीय पारास्तेस प्रहरी हिरासत सम्म पुग्नुपर्यो ।
आफूलाई ‘इरानियन मेस्सी’ भन्ने मेस्सीका डुप्लिकेटका कारण हमाडान सहरमा हंगामा नै मच्चियो । मानिसहरु उनीसँग फोटो खिच्न लाइन लाग्न थालेपछि प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।
एक महिनाअघि उनका पिताले उनलाई मेस्सीको जर्सीमा तस्विर खिच्न आग्रह गरेका थिए । त्यहीबाट पारास्तेसलाई मेस्सीजस्तो दाह्री र कपाल बनाउने आइडिया आएको थियो ।
‘मानिसहरुले मलाई इरानियन मेस्सी भन्छन् र मेस्सीले गर्ने हरेक कुरा गर्न भन्छन्, पारास्तेसले एएफपीलाई भने ‘जब म उनीहरुका अगाडि पुग्छु, उनीहरु स्तब्ध बन्छन् ।’
‘उनीहरुलाई खुसी देख्दा म पनि खुसी हुन्छु,’ उनी भन्छन् ।
अहिले विश्वका मिडियाभर उनको चर्चा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण