नार्गाजुनमा माओवादीका मेयर र उपमेयरका उम्मेदवार घरदैलोमा व्यस्त
काठमाडौं, बैशाख २६– मतदानको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा पहिलो चरणमा स्थानीय चुनाव हुने स्थानका उम्मेदारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । उनीहरु आफु विजय भएपछि त्यहाँ कस्ता विकास गर्ने र के के योजना लागु गर्ने भनेर मत माग्दै मतदातासंग छलफल समेत गरिहेका छन् । राजधानीको काठमाडौं महानगरपालिकासंगै जोडिएको नार्गाजुन नगरपालिकामा पनि धेरै उम्मेदारहरु आफ्ना मतदातासँग घरदैलो गरी मत माग्न व्यस्त छन् । यीनै मध्ये माओवादी केन्द्रबाट मेयरका उम्मेदार बनेका कुमार तामाङ र उपमेयरकी उम्मेदार देवकी पौडेललाई पनि घरदैलो गर्न भ्याइनभ्याइ छ । राजधानीसंगै भएको नगरपालिका भएपनि यो नगरपालिकालाई सूगम र दुर्गम भनेर चिनिन्छ । एउटा क्षेत्र सुगममा पर्छ भने अर्को क्षेत्र दुर्गम । यहाँबाट माओवादी केन्द्रका तर्फबाट उम्मेदार बनेकाहरुले पनि यहि भौगोलिक र विकास निमार्णका फरक फरक पाटोलाई हेरेर आफ्ना कार्ययोजना बनाएका छन् । तामाङ र पौडेल तीनै योजना जनतालाई भन्दै पुरा गर्ने बाचा गरिरहेका छन् । उनीहरुको योजना छ –‘सबै भन्दा पहिला सितापाईला–धादिङ जोड्ने सडकको स्तरोन्नति गर्ने । सकेसम्म तीन बर्षमा कालोपत्रे बनाउने । हरेक वडा जोड्ने घुम्ती सडकलाई ग्राभेल गरेर राम्रो बनाउने ।’ त्यस्तै उनीहरुले शिक्षा, स्वास्थ्य खानेपानी लगायतका मुद्धालाई विशेष प्राथमिकता दिएका छन् ।उनीहरुले आफ्ना प्रतिवद्धतापत्रमा यीनै विषयलाई यसरी समेटेका छन् । शिक्षाको स्तरोन्ती शिक्षा अहिले हुने खाने र व्यापार गर्नेहरुका लागि सिमित भएको छ । यो विभेद अन्त्य गर्ने समाजमा रहुन्जेल समाज पनि विभाजन भइनै रहन्छ । यसकालागि शिक्षामा स्तरउन्नति राज्यकालागि नै चुनौति भएको छ । यो काम हाम्रो प्राथमिकतामा छ । समाज शिक्षित भएन भने भएका विकास योजनाहरुपनि त्यति लाभदायक हुदैन । विकासको महत्व बुझ्न शिक्षा अनिर्वाय छ । त्यो पनि व्यापारले गाँजेको शिक्षा होइन । व्यवसायीक ,व्यवहारीक शिक्षा नै अहिलेको आवश्यकता हो । दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा चाहिएको छ । यसकोलागि हामीले स्थानीय स्तरमा नै तयार गर्ने छौ । पहिलाको जस्तो विद्यालय माग्न मन्त्रालय धाउनु पदैन । अव विकास गर्ने इच्छाशक्ति भएमा समुदायसंग मिलेर आफ्नो नगरपालिका समृद्धिमा पुगाउन कुनै समस्या छैन । स्वास्थ्यमा भएको नीजिकरण घटाउने स्वास्थ्य क्षेत्र निजीकरणले खाएको छ । देश नै बहुदलपछि निजीकरणको हातमा गएको छ । यसका लागि हामी निरन्तर लाग्ने छौ । निजीकरणले गर्ने भनेको व्यपार हो । नाफा हो । तर हामी सेवा प्रदायक चाहन्छौ । स्वास्थ्य भनेको विसुद्ध सेवा हो । सेवालाई व्यसाय गर्ने पार्टीले कुनै विकास नै गदैनन । हामी र हाम्रो पार्टीले सुरुबाट नै स्वास्थ्यलाई सेवाको रुपमा लिएको छ । हामी नगरपालिकामा सुविधा सम्पन्न स्वास्थ्य सेवा दिनेगरी अस्पतालको निमार्ण गर्नेछौ । शुद्ध खानेपानीको व्यवस्था खानेपानी शुद्ध चाहिन्छ । यसकालागि हामी सबै भन्दा बढी पहल गर्नेछौ । स्वास्थ्य राम्रो भएन भने केहि राम्रो हुदैन । काठमाडौमा त झन खानेपानीको अभाव नै छ । यसका लागि हामी स्थानीय रुपमा नै भएका सबै पानीका मुहानहरु प्रयोग गरेर शुद्ध खानेपानी नगरबासीलाई उपलब्ध गराउनेछौ । यसकोलागि हामीले कार्य योजना नै बनाएका छौ । पर्यटन र कृषि यहाँ धेरै ठाँउहरु पर्यटकीय छन् । ह्वाइट गुम्बा यहि पर्छ । स्वीजरल्याण्ड पार्क पनि यहि नगरपालिकामा पर्छ । कालु पाण्डेको समाधी स्थलपनि यहि पर्छ । यी सबै पर्यटकिय क्षेत्रहरु हुन । यीनको विकास गर्ने छौ । व्यवस्थापन गर्ने छौ । यील सबै क्षेत्रमा पुग्नकोलागि यातायातको सहज व्यवस्था गर्ने छौ । यति भयो भने नगरपालिका आत्मनिर्भर बन्न सक्छ । घुम्न आउने पर्यटकहरुकोलागि खान बस्नको राम्रो व्यस्था गर्ने गरी होटलहरु निमार्ण गर्न निजि क्षेत्रलाई आकर्ष गर्ने छौ । आन्तरिक र बाहय पर्यटक भित्रयाउन सकेमा समृद्धिकोलागि पहिलो पूर्वाधार हुने छ । कृषि पेशालाई व्यवसायीकिकरण गर्ने छौ । निर्वाहमुखि कृषिलाई व्यवसायीकीकरण गर्नु नै अहिलेको चुनौति छ । यो चुनौतिलाई पार गरेर नगरपालिका नै खाद्यान्नमा आत्मनिर्भर बनाउने छौ । गाईपालन लगायतका अन्य नगदेबालिमा पनि कृषिकहरुलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने छौ । केवलकार जोड्ने यहाँ सितापाइलाबाट केवलकार जोड्न सकिन्छ । विभिन्न स्थानहरुमा जानकोलागि केवल कारको आवश्यकता छ । यो निमार्ण गर्न कुनै समस्या नै छैन । नगरपालिका र केहि स्थानीयहरुको संयुक्त पहलमा केवलकार बनाउदा नार्गजुन नगरपालिका सहजरुपमा जान आउन सकिन्छ । यसकालागि हामी तयार छौ । भूकम्पले क्षति भएको नगरपालिका भएकाले यसमा सबै भन्दा बढी पुननिमार्ण गर्नु पर्नेछ । यसका लागि अहिलेसम्म ५० हजार अनुदानमात्र पाएका छन् जनताले । अब नागरिकहरुले एकैपटक २ लाख ५० हजार पाउनुपर्छ । यो दिलाउने हाम्रो काम हुने छ । भूकम्पपछि बनाउनु पर्ने घरहरुको नक्सा नगरपालिकाले निशुल्क बनाइ दिनेछ । किसानहरुलाई युवाहरुलाई विना धितो ऋणको व्यवस्था गर्नेछौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण