भक्तपुरका उम्मेदवारलाई यसरी लाग्यो चुनाव (भिडियोसहित)
मङ्गलबार, २६ वैशाख २०७४, १४ : ०१
भक्तपुर, बैशाख २६ –स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा चुनावी प्रतिष्पर्धामा उत्रिएकाहरु राजनीतिक दलहरुले प्रचार प्रशारलाई तिब्रता दिएका छन् ।
भक्तपुरको चांगुनारायण नगरपालिकाका मेयरका उम्मेदवारहरुले अव्यवस्थित ईट्टा उद्योग र वालुवाखानी व्यवस्थित गर्ने प्रमुख प्रतिवद्धता जनाउदै प्रचारप्रशारलाई तीव्र बनाएका छन् ।
चांगुनारायण नगरपालिकाका मेयर र उपमेयरमा प्रतिष्पर्धामा उत्रिएका नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र नेमकिपाका उम्मेदवारहरुले भक्तपुरको धार्मिक एवं पर्यटकियका साथै ऐतिहासिक महत्वलाई मध्यनजर गरी आ आफ्ना प्रतिद्धता अघि सारेका छन् ।
उनीहरुले ईट्टाभट्टा, बालुवाखानी, अव्यवस्थित चक्लाबन्दी लगायतलाई नियन्त्रित एवं व्यवस्थित गर्दै नगरलाई हरितशहरका रुपमा विकास गर्ने उद्घोष पनि गरेका छन् । विश्वसम्पदा सुचीमा सुचीकृत चागुनारायण मन्दिको नामबाट नामाकरण गरिएको सो नगरपालिकाका मेयरमा उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्दै नगरलाई व्यवस्थित बनाउने मतदाता सामु प्रतिवद्धता जाहेर गरिरहेका छन् ।
मेयरमा उम्मेदवारी दिएका सबैले भक्तपुरलाई स्मार्ट सिटि बनाउने, नगरकोटमा सगरमाथा देख्ने भ्यु टाबर बनाउने, सबै वडालाई सडक सञ्जालले जोड्ने, चांगुनारायण नगरपालिकालाई वाई फाई फ्रि जोन बनाउने लगायत एजेण्डा अघि सारेका छन् ।
चागुनारायणमा नेकपा एमालेबाट सोम मिश्र, राप्रपाबाट रविन्द्र प्रताप शाह, नेमकिपाबाट न्हुँच्छे भक्त फोजु लगायतले मेयरमा उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण