भीषण वर्षाले महोत्तरीका मुख्य बाटो अवरुद्ध
मङ्गलबार, २६ वैशाख २०७४, १५ : १६
गौशाला, २६ वैशाख । आज बिहानैदेखि अविरल रुपमा परेको भीषण वर्षाले महोत्तरीको मुख्य जलेश्वर– जनकपुर बाटोसहित जिल्लाका प्रायः सबै बाटो अवरुद्ध भएको छ ।
बिहान ४ बजेदेखि नै परेको वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत बाटो अवरुद्ध भएको छ । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँ ठाउँमा खाल्डाखुल्डी भएकाले तिनमा पानी जमेर यातायातका साधन चलाउन नसकिने भएको छ ।
त्यस्तै बाटामा माटाका थुप्रा यततत्र रहेकाले पानी परेपछि सबैतिर हिलैहिलो भएर यातायातका साधन फसी बाटो अवरुद्ध भएका छन् । वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटामा बस, जिप, ट्यांकर, ट्रक, टेम्पो, अटोरिक्सा र मोटरसाइकल समेत चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको छ ।
वर्षाका कारण पटक पटक अवरुद्ध हुने गरेकाले जिल्लाका कुनै पनि बाटामा वर्षा भएको दिन बस नचलाउन जनकपुर अञ्चल बस व्यवसायी सङ्घले यसअघि नै पत्राचार गरिसकेको छ । बाटो अवरुद्ध भएपछि कुनै पनि सवारी साधन चलेको छैन । फाटफुट रुपमा आकस्मिक कामका गाडी मात्रै चलेको देखिन्छ । जिल्लाभित्र एक मात्र पक्की बाटो जलेश्वर–बर्दिबास सञ्चालनमा रहेको छ । अन्य बाटो अवरुद्ध भएपछि सो बाटामा यातायातका साधनको चाप बढेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण