शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रुख ढल्दा च्यापिएर एकको मृत्यु

मङ्गलबार, २६ वैशाख २०७४, १५ : २६
मङ्गलबार, २६ वैशाख २०७४

दाङ, २६ वैशाख । रुखले च्यापेर तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका ६६ वर्षीय दलबहादुर वलीको आज मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार स्थानीयवासीले आज बिहान आफ्नै बारीमा काटेर ढाल्न लागेको रुखको दृश्य हेर्न पुगेका वली रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएकामा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । वलीको टाउकामा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।

यसैबीच उपमहानगरपालिका–१३ फूलबारीमा सर्पले डसेर सोमबार बेलुका ३९ वर्षीय लोकजङ्ग विकको मृत्यु भएको छ । सर्पले डसेपछि समयमा अस्पतालमा नल्याई गाउँमा नै झारफुक गरेको र अन्तिम चरणमा अञ्चल अस्पतालमा ल्याइएपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख लोकनाथ तिम्सिनाले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप