नयाँ राष्ट्रपतिका लागि दक्षिण कोरियामा मतदान
सोल, २६ वैशाख । नयाँ राष्ट्रपति चयनका लागि दक्षिण कोरियामा मङ्गलबार देशभरी मतदान भएको छ ।
निवर्तमान राष्ट्रपति पार्क गेउन हेलाई भ्रष्टाचारको अभियोग लागेर पदमुक्त हुनुभएपछि दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न मतदान भएको हो ।
मतदानका लागि देशभरी १३ हजार ९६४ मतदान केन्द्रहरु रहेको सरकारी अधिकारीले बताएका छन् । स्थानीय समयानुसार विहान ०६ बजेदेखि सुरु भएको मतदानकार्य बेलुका ८ बजेसम्म हुने भएको छ ।
अघिल्लो पटक सन् २०१२ मा भएको निर्वाचनका बेलाभन्दा यस पटक दुई घन्टा बढी मतदानको समयावधि राखिएको छ । अघिल्लो पटकभन्दा यस पटक मतदाता बढ्ने अनुमान गरेर मतदानको समयावधि पनि बढेको हो ।
दक्षिण कोरियाको राष्ट्रपतिबाट नाटकिय तरिकाले बहिरिने पार्क एक मात्र व्यक्ति हुन् । उनले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको भन्दै दक्षिण कोरियामा लामो समय उहाँका विरुद्धमा प्रदर्शनसहितको आन्दोलन भएको थियो ।
संवैधानिक अदालतले पदमुक्त भएको फैसला गरेको दुइदिनमा उनले राष्ट्रपति कार्यालय खाली गरेका थिए। रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण