शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रलाई जिताउन राप्रपासँग एमालेको तालमेलः पोखरेल

मङ्गलबार, २६ वैशाख २०७४, १५ : ४२
मङ्गलबार, २६ वैशाख २०७४

काठमाडौं, बैशाख २६–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले राष्ट्रलाई जिताउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेल गरेको दावी गरेका छन् ।

नेता पोखरेलले राष्ट्रहित विरुद्ध सत्तापक्षले उठाएका कदमलाई सामना गर्न पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र आफ्नो पार्टीबीच चुनावी तालमेल गर्नु परेको स्पष्ट पारे ।

स्थानीय तहको निर्वाचनको सम्बन्धमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा गर्दै मुलुकलाई संकटबाट निकास पनि आफनो पार्टीले मिल्न सक्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल गरेको जाने नीति लिएको पनि उल्लेख गरे ।

उनले राष्ट्रियताको सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विगत केही समययता लिएको अडान सही रहेको पनि स्मरण गराए ।

एमाले नेता पोखरेलले काठमाडौं महानगरपालिकामा आफ्नो पार्टीको विजय भईसकेको दावी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप