शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

एमालेलाई जनताले पाठ पढाउँछन् : जोशी

मङ्गलबार, २६ वैशाख २०७४, १६ : ०४
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, बैशाख २६ – नेपाली काग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नेपाली कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएकाले संविधान कार्यान्वयनका लागि पनि आफ्नै पार्टीको नेतृत्व अपरिहार्य भएको बताएका छन् । मंगलबार नेपाल प्रेस युनियनको कार्यालय थापागाँउमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा नेता जोशीले भने‘कांगे्रेसको नेतृत्वमा आएका उपलब्धिको कार्यान्वयनका लागि पनि जनताले जनादेश दिदैछन् ।’ स्थानीय निर्वाचनका क्रममा एमाले र राप्रपाको गठबन्धनलाई परिवर्तन विरोधी स्वार्थको गठबन्धन भन्दै उनले त्यसबाट धेरैखाले शंका उपशंका उत्पन्न भएको बताए । ‘काठमाडौं महानगरमा संविधान र परिवर्तन विरोधीहरुको गठबन्धन भएको छ यो आफैमा शंकास्पद पनि छ,’जोशीले भने ‘परविर्तन विरोधीरुलाई राजधानीका सचेत जनताले राम्ररी बुझेका छन्, निर्वाचनमा पुग्दा सम्म जनतालेनै उनीहरुलाई पाठ सिकाउने छन् ।’ जोशीले कांग्रेसले परिवर्तन विरोधीहरुसँग सहकार्य नगरेकै कारण पनि काठमाडौंका जनतामा उत्साह देखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप