शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गच्छदारले टुंगो लगाए राज्यमन्त्रीको नाम

मङ्गलबार, २६ वैशाख २०७४, १० : ५७
मङ्गलबार, २६ वैशाख २०७४

काठमाडौ वैशाख २६ –उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक फोरमले सरकारमा पठाउनका लागि तीन राज्यमन्त्रीको नाम टुगों लगाएको छ ।

आज सिहदरवारमा बसेको संसदीय दलको बैठकले सँस्कृति तथा पर्यटन राज्यमन्त्रीमा सुमित्रा थरुनी, भूमि सुधार तथा व्यवस्था राज्यमन्त्रीमा यशोधा लामा र स्थानीय विकास राज्यमन्त्रीमा जनक चौधरीलाई चयन गरेको छ ।

आज पाँच वजे उनीहरुलाई सपथ खुवाउने तय भएको छ । यशोदा लामा केही दिन पहिले मात्र गच्छदारसँग एकीकरण गरेकी थिइन । उनी विश्वेन्द्र पासवानको पार्टी फुटाएर छुट्टै पार्टी बनाएकी थिइन् ।

लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारको नेतृत्वमा तीनजना मन्त्रीसहित सरकारमा सहभागि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप