आर्थिक समृद्धिका लागि नयाँ शक्तिले नेतृत्व गर्न आवश्यक: उपेन्द्र
मङ्गलबार, २६ वैशाख २०७४, १८ : २८
लुम्बिनी, वैशाख २६– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आर्थिक समृद्धिका लागि नयाँ शक्तिले नेतृत्व गर्न आवश्यक रहेको बताएका छन् ।
लुम्बिनीमा आयोजित पार्टीको ५ नम्बर प्रदेशस्तरीय निर्वाचन केन्द्रित गोष्ठीमा सम्बोधन गर्दै यादवले मुलुकलाई अग्रगति र आर्थिक समृद्धिका लागि नयाँशक्तिले नेतृत्व गर्न आवश्यक रहेकोमा जोड दिए ।
काँग्रेस र कम्यूनिष्टहरुले आन्दोलनभन्दा मुलुक ब्यवस्थापनतिर ध्यान नदिएको यादवको भनाइ थियो ।
यादवले स्थानीय निर्वाचन र संविधान संशोधन एकै साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । तर आफूहरु चुनाव विरोधी शक्ति नभएको मान्यता स्थापित गर्न स्थानीय चुनावलाई संर्घषकै रुपमा प्रयोग गर्ने बताए ।
फोरमका बरिष्ठ नेता अशोक राईले बन्द, हडताल मात्र आन्दोलन नभई स्थानीय निर्वाचनको माध्यमबाट आन्दोलनका एजेण्डाहरु जनता माझ पुरयाउन पार्टीले निर्वाचनलाई स्वीकार्य गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण