शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

हिमाल, पहाड र तराई मिल्नुको विकल्प छैन : पूर्वराष्ट्रपति यादव

बिहीबार, २८ वैशाख २०७४, ०९ : ४६
बिहीबार, २८ वैशाख २०७४
-अमित अग्रवाल वैशाख २८, वीरगंज - पुर्वराष्ट्रपति डा.रामबरण यादवले हिमाल, पहाड र तराई मिलेर जानुको विकल्प नभएको बताएका छन् । बुद्ध जयन्तीको अवसरमा बुधवार रिलिफ सोसाईटी अफ कमर्स वीरगंजले आयोजना गरेको रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै यादवल विगतमा पहाड र तराई,मधेशको विचमा सामाजिक परिस्थीति अनुसार गोरेटो र घोडेटोको सम्बन्ध रहेको बताए । देशको गित सम्झदै यादवले भने, विगत समाजमा विभेद थिएन, जल, जमिन, जंगल र अनाज प्रसस्त मात्रामा रहेकोमा पछिल्लो समय यी सवै क्षेत्रमा प्रहार भएको छ । बन जंगलमाथिको अतिक्रमण र चुरे क्षेत्रको दोहनले पहाड र तराई दुवैलाई समस्या पार्ने स्थितीको सृजना भएको पूर्वराष्ट्रपति डा. यादवको भनाई छ । चुरे क्षेत्रको उचित संरक्षण नभए अवको १० वर्ष भित्रमा पानीको समस्या निम्तने दावि गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगपति विनोद चौधरीले वीरगंज क्षेत्रको विकासको लागि सरकारको मुख नताक्न उद्योगी–व्यवसायीलाई आग्रह गरे । वीरगंजमा निकट भविष्यमा सञ्चालनमा आउन लागेको आईसिपीले यस क्षेत्रको बृहत विकासको लागि ठुलो सहयोग पुग्ने बताउदै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पनि पहल गर्न आग्रह गरे । कार्यक्रममा सामाजिक काममा सहयोग पु¥याउदै आएका व्यक्तित्वलाई डा. यादव र चौधरीले सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप