शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

उपत्यकाका सडकमा देखिनै छाडे ट्राफिक प्रहरी

बिहीबार, २८ वैशाख २०७४, १० : २८
बिहीबार, २८ वैशाख २०७४

काठमाडौँ, बैशाख २८– केही दिनयता काठमाडौ उपत्यकाका सडकमा गुड्ने सवारी साधन थौरै मात्र कम भएपनि ति सवारीलाई नियन्त्रण गर्ने ट्राफिक प्रहरी भने शुन्य जस्तै भएका छन् ।

उपत्यकाका मुख्य चोक तथा सडकको एक स्थानमा अघिपछि ५ जनाको समुहमा खटिने ट्राफिक प्रहरी बैशाख २७ यता भने एक जनामात्रै देखिन थालेका छन् भने कतिपय स्थनामा ट्राफिक प्रहरी बस्नै छाडेका छन् ।

स्थानीय चुनावको मिति नजिकिएसँगै सडकमा ट्राफिक प्रहरी घटेका हुन् । उपत्यकाका तीन जिल्लामा अन्य सुरक्षाकर्मीसँगै ट्राफिक प्रहरीलाई पनि चुनावी प्रयोजनमा खटाइएपछि सडकमा ट्राफिक प्रहरी २५ प्रतिशतमात्रै रहेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङमार लामा बताउँछन् ।

उपत्यकाका तीन जिल्लाका लागि जम्मा १३६६ जना ट्राफिक प्रहरीको दरबन्दी छ । ती मध्ये ७५ प्रतिशत चुनावी प्रयोजनमा जाँदा बाकी रहेका २५ प्रतिशत ट्राफिकले कार्यलय सञ्चालन र सडक दुवै हेर्नुपर्ने भएकाले सडकमा कम भएको ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथु बताउँछन् ।

हाछेथु भन्छन् –‘चुनाव अबधिमा कहीँ कतै दुर्घटना वा जाम भए १०३ वा ११०३ मा सम्पर्क गर्नुहोला ।’

डिआइजी लामाका अनुसार चुनावका कारण उपत्यकामा गुड्ने सवारी साधन भने १० प्रतिशत मात्रै घटेका छन् । तर, गाडी घटेपछि दुर्घटना बढ्ने डिआइजी लामाको भनाई छ । उनका अनुसार गाडी घट्दा सडक खाली हुन्छ र सडक खाली भएपछि स्पीड बढ्छ स्पीड बढ्नु भनेको दुर्घटनाको संकेत हो ।

सरकारले स्थानीय चुनाव हुनुभन्दा ५ दिनअघिबाट शैक्षिक संस्थालाई मात्र बिदा दिएको छ । अन्य सरकारी कार्यलय र नीजि कार्यलय खुलेकाले पनि सडकमा सवारी साधनको संख्यामा भने खासै कमी आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप