शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपति र प्रमुख दलका शीर्ष नेताबीच शीतल निवासमा छलफल

बिहीबार, २८ वैशाख २०७४, १० : ४६
बिहीबार, २८ वैशाख २०७४

काठमाडौं, बैशाख २८– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ । छलफल नजिकिँदै गरेको स्थानीय चुनाव र संविधान संशोधन विधेयकका विषयमा केन्द्रीत भएको बताइएको छ । छलफलमा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले निर्वाचनको तयारीका बारे जानकारी गराएका थिए । यस्तै आगामी जेठ ४ गते बस्ने बैठकमा संशोधन प्रस्ताव निणयार्थ प्रस्तुत हुने विषयमा पनि प्रचण्डले जानकारी गराएका थिए ।

भेटका क्रमा राष्ट्रपतिले सहमति र सहकार्य गर्दै अहिले देखिएको समस्याको समाधान गर्नुपर्ने भन्दै स्थानीय चुनाव सफल बनाउन पनि सबै दल एकजुट हुनुपर्ने धारणा राखेकी थिइन् ।

साे क्रममा राष्ट्रपति  भण्डारीको आसन्न श्रीलंका र थाइल्याण्ड भ्रमणका सन्दर्भमा पनि  छलफल भएको थियाे ।

भेटमा प्रचण्डका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेता लोकेन्द्रबहादुर चन्दलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप