शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

राप्रपाका उम्मेदवार मृत अवस्थामा भेटिए

बिहीबार, २८ वैशाख २०७४, ११ : ००
बिहीबार, २८ वैशाख २०७४

बनेपा, २८ वैशाख । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् ।

धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । “कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ”, प्रनाउ राईलेभने ।

रासस –––––––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप