शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

म्याग्दीको बेनी नगरपालिकामा मेयरको लागि दलहरुबीच रोचक प्रतिस्पर्धा

बिहीबार, २८ वैशाख २०७४, ११ : २५
बिहीबार, २८ वैशाख २०७४

म्याग्दी, वैशाख २८ –बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनको मिती नजीकिएसंगै म्याग्दीमा चुनाबी सरगर्मी उत्कर्षमा पुगेको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा सबैजसो स्थानीय तहको चुनाबी माहोल रोचक छ ।

जिल्लाका मुख्य राजनीतिक दलहरुले गाउँपालिकाहरुको निर्वाचनलाई भन्दा जिल्लामा रहेको एकमात्रै नगरपालिकाको निर्वाचनलाई आफ्नो प्रतिष्ठासंग जोडेका छन् ।

साविकका ८ वटा गाविसहरु समावेश बेनी नगरपालिकामा यतिबेला दलहरु गठबन्धन गरि चुनाबमा होमिएका छन् ।अहिले बेनी नगरपालिकामा १८३४७ मतदाता रहेका छन । भने म्याग्दीको पछिल्ला दुई निर्वाचनको नतिजाले जिल्लाका मतदाता संधैभरी एउटै पार्टीका नेताहरुलाई नजिताउने गरेको नजिजाले देखाउँछ् ।

पहिलो संविधान सभा निर्वाचनमा तत्कालिन माओवादीले भारी मतअन्तरले बिजयी हुन सफल म्याग्दीमा दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमाले बिजयी भएको थियो । अहिले पनि मुख्य पार्टीहरुप्रति देखिएको मतदाताको आकर्षणको धरातल हेर्दा कुन पार्टीले बाजी मार्छ ? भन्न सक्ने अबस्था छैन् ।

बेनी नगरपालिकाको निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र एउटा प्यानलमा छन् भने प्रतिपक्ष दल एमाले र राप्रपाले पनि तालमेल गरि उम्मेदवार छनौट गरेका छन् । अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारहरुले समेत बेनी नगरपालिका प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेपनि बिशेष गरि चुनाबी तालमेल गरि निर्वाचनमा होमीएका यिनै दुई समुहबिचमै कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका हरिकुमार श्रेष्ठ बेनी नगरपालिकाको प्रमुख र माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेल उप–प्रमुख पदमा उम्मेदवार बनेका छन् भने एमाले र राप्रपा गठबन्धनबाट नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठ र उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवाल चुनाबी मैदानमा छन् ।

नेकपा एमाले र राप्रपाको तालमेलबाट नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका एमालेका प्रमोद श्रेष्ठ बेनी नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने योजना बनाएको बताउँछन् । बेनी नगरपालिकाको चुनाबमा रोचक के छ भने नगरपालिका प्रमुखको पदमा उम्मेदवार एउटै समुदायबाट प्रतिनिधित्व गर्छन् ।

काँग्रेस र माओवादी गठबन्धनले मनोनयन दर्ता अगाबै तालमेलको टुंगो लगाएपनि एमाले र राप्रपाले भने मनोनयन दर्ताको दिनमा मात्रै नगरपालिका प्रमुख र उपप्रमुखमा तालमेलको टुंगो लगाएका थिए । जिल्लाको एकमात्रै नगरपालिकाको पहिलो मेयर बन्ने दाउमा रहेका श्रेष्ठद्धय यतिबेला आफुलाई भोट माग्नको लागि घरदैलो अभियानमा व्यस्त छन् ।

काँग्रेस –माओवादी र एमाले–राप्रपाको दुई गठबन्धनबाट प्रमुखमा उम्मेदवार बनेका दुबै जनाको व्यक्तिगत र सामाजिक जिवन समेत उचो रहेको कारण यो निर्वाचनमा आफ्नो पक्षमा नतिजा ल्याउन दुबै जनालाई निकै संघर्ष गर्नुपर्ने देखिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका काँग्रेस म्याग्दीका सचिब हरिकुमार श्रेष्ठ नगरपालिकाको सबै बस्तीमा विकासको सञ्चार गराउनु नै आफ्नो प्रमुख एजेण्डा भएको बताउँछन् ।

एमालेबाट नगरपालिका प्रमुखको उम्मेदवार बनेका प्रमोद श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष समेत हुन् । जिल्लामा जलविद्युतको क्षेत्रमा लगानी भित्र्याउन सक्रिय रहेका श्रेष्ठ म्याग्दी उद्योग बाणिज्य संघ, म्याग्दी जेसिज लगायतका विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गरिसकेका अनुभवी , क्षमतावान र तत्काल निर्णय गर्न सक्ने व्यक्तिको रुपमा चिनिन्छन् । काँग्रेस र माओवादी तालमेलबाट नगरपालिका प्रमुख पदमा उम्मेदवार बनेका काँग्रेस जिल्ला सचिब हरिकमार श्रेष्ठ जिल्लाकै उच्च शिक्षाको धरोहरको रुपमा रहेको म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुन् ।जिल्ला बाल संगठन, म्याग्दीकाली सञ्चार सहकारी, तत्कालिन निलगिरी विकास बैंक लगायतका विभिन्न संघ संस्थाको नेतृत्व गरिसकेका श्रेष्ठ सरल, सक्षम र मिलनसार नेताको रुपमा चिनिन्छन् ।

एमाले–राप्रपाको साझा नगरप्रमुखका उम्मेदवार रहेको प्रमोद युवाअबस्था देखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् भने काँग्रेस–माओवादीको तर्फबाट साझा रुपमा नगरप्रमुखको उम्मेदवार बनेका हरिकुमार शिक्षक हुँदै शिक्षक संगठन मार्फत नेपाली काँग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

नगरपालिकामा प्रमुख पद हत्याउनको लागि काँग्रेसले माओवादी र एमालेले राप्रपाको साहरा लिएका छन् । नगरपालिका प्रमुख र उपप्रमुखमा चुनाबी तालमेल गरेका दलहरुले वडाहरुमा समेत आबश्यकता अनुसार तालमेल गरेरै चुनाबमा आफ्नो पक्षमा बढी भन्दा बढी लाभ हने गरि नजिता निकाल्ने कसरतमा जुटेको देखिन्छ । यसरी जिल्लाको एक मात्रै नगरपालकामा मख्य चार दल आपसी तालमेल गरि चुनाबमा होमिएपछि बेनीको चुनाबी सरगर्मी ह्वात्तै बढेको छ भने नतिजा कस्को पक्षमा पर्छ अझै आँकलन गर्न सक्ने अबस्था छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप