शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

पूर्णिमा किड क्विन नेपाल

बिहीबार, २८ वैशाख २०७४, ११ : ३५
बिहीबार, २८ वैशाख २०७४

काठमाडौं, बैशाख २९ – आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुपालचोककी ९ वर्षीया पूर्णिमा थापाले ‘१५ औं किड् क्विन नेपाल–२०१७’को उपाधि जितेकी हुन् । उपाधीसँगै उनले क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । नेप्लिज फेशन होमद्धारा बुधबार राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा अल्ड्रिना श्रेष्ठ फस्ट रनरअप र कोहिनुर भारतीले सेकेन्ड रनरअपको उपाधि एवं पुरस्कार जिते । ९ देखि १३ वर्षका बालिकाहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि १५ वर्षदेखि हुँदै आएको प्रतियोगिता विभिन्न अन्य उपाधिकालागि पनि प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको निर्णायकमा गायिका धन एवं सञ्चारकर्मी लामा, नेपाल बुटिक एशोशियसनका सँस्जथापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, लायन्स पवनकुमार थापा, सञ्चारकर्मी अरुणा भट्टराई, व्युटिसियन मञ्जु कार्की, मिस नेवा इशु श्रेष्ठ लगायत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप