ललितपुर महानगरपालिकाको मेयर उम्मेद्वार महर्जनको यस्ता छन् चुनावी एजेण्डा
ललितपुर, बैशाख २८ – ललितपुर महानगरपालिकाको मेयर उम्मेद्वार दिनेश महर्जनले चुनावी प्रसारप्रसारलाई निरन्तरता दिएका छन् । मौनअवधि सुरु हुनुअघि सम्म गरिएको घरदैलो अभियानका क्रममा आफ्नो पक्षमा माहोल देखिएको अरु उम्मेद्वारको जस्तै उनको पनि दाबी छ । यस्ता छन् उनका प्रतिबद्धता कडा रूपमा चुनावी प्रतिष्पर्धा हुने र त्यसबाट आफू विजय भएपछि केके काम गरिनेछ भनेर माओवादी केन्द्रले प्रतिवद्धतापत्रमा उल्लेख गरिसकेको दिनेशले बताए। त्यसबाहेक उनका योजना यस्ता छन्— – सतह पानी पुनःभरण कार्यक्रमको व्यापक प्रवद्र्धन गर्दै ५ वर्षभित्र सबै पानीको स्रोतहरुको पुनः स्थापना तथा संरक्षण गर्ने, जसमा परम्परागत ढुंगेधारा, इनार, कुवा तथा पोखरीहरुको पुनःस्थापना तथा संरक्षण प्राथमिकताका साथ गर्ने । – अव्यवस्थित ढल र त्यसबाट निस्किने दुर्गन्धलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने। – भद्रगोल बिजुलीका तारहरूलाई व्यवस्थापन गरी ललितपुर महानगरपालिकालाई ताररहित शहर बनाउने। – बाटोघाटो मर्मत र बिस्तार गर्ने, सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पहिलो छ महिनाभित्रैमा सडक व्यवस्थापन गर्ने। – ललितपुरका बुङमती, खोकना, पाटन दरबार क्षेत्रलगायतलाई पर्यटन सिटी बनाउने। – पर्यटनबाटै त्यहाँका जनताको आय आर्जनमा वृद्धि हुने गरी होम स्टेको योजना अगाडि बढाउने। – धादिङमा एक जना किसानले पाँच रुपैयाँमा बेचेको टमटर उपत्यका बसेकाले पनि त्यही अनुपातको मूल्यमा पाउने । –किसानको लागि ललितपुरमा जग्गाको वर्गीकरण गरिने, प्लटिङलाई कडाइपूर्वक बन्द गरिने, तीनदेखि चार ठाउँमा कृषि फार्म खोलिने, ताजा सागसब्जी सस्तो पैसामा खाने व्यवस्था गर्ने। – एक दिनमा हुने जनताको प्रशासनिक काम महिना दिन लगाएर गरिदिने परम्पराको अन्त्य गरिने, एक दिनमार हुने कामलाई एक घण्टामै गर्न सक्ने गरी महानगरलाई विकास गरिने, फोहोर व्यवस्थापनमा जोड गर्ने । – माथिल्लो भागको निकै विकट भूगोलको विकास गरिने। – नेपाल भाषालाई पनि महानगरभित्र कामकाजी भाषाका रुपमा प्रयोगमा ल्याइने । – भूकम्पबाट क्षति पुगेका सबै सम्पदाहरुको मौलिक स्वरुपमा पुनःनिर्माण गर्ने ।
ललितपुरमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण