उत्तर र दक्षिण कोरियाको यस्तो छ ७० बर्षको दुश्मनीपूर्ण सम्बन्ध
बीबीसी
सिओल, वैशाख २८ – दक्षिण कोरियाका नयाँ राष्ट्रपति मून जे–इनले सपथ लिएका छन् । राष्ट्रपतिका रुपमा उनले आफ्नो पहिलो सम्बोधनमा अर्थव्यवस्था र उत्तर कोरियासँगको सम्बन्धवारे कुरा गरे ।
उत्तर कोरियामा बढ्दै गएको तनावकाबीच मूनले भनेका छन्, उनी प्योङगाङ जान चाहन्छन् । यद्यपि उनले ठीक परिस्थितिमा उत्तर कोरियाको यात्रामा जाने बताएका छन् ।
कोरियाई प्रायद्वीपमा अहिले पनि कायमै छ । उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिका लगातार चेतावनी दिइरहेको छ । यद्यपि उत्तर कोरियामाथि यसको कुनै असर चाहीँ देखिएको छैन ।
आखिर उत्तर कोरिया दक्षिण कोरियाबीचको विवाद के हो ? उत्तर कोरिया हरेक कदममाथि दक्षिण कोरियाको नजर किन रहन्छ ? दुई देशबीच यस्तो कुटुतापूर्ण दुष्मनी किन छ ?
दोस्रो विश्व युद्धपछि दक्षिण र उत्तर कोरिया अलग–अलग भएका हुन् ।
यो विभाजनपछि दुवै देशले आफ्नो–आफ्नो बाटो समाते । कोरियामा १९१० बाट जापान त्यतिबेलासम्म शासन रह्यो, जतिबेलासम्म १९४५ को दोस्रो विश्व युद्दमा जापानियोले हथियार विसाए ।
त्यसपछि सोवियत सेनाले कोरियाको उत्तरी भाग आफ्नो कब्जामा लियो र दक्षिण हिस्सालाई अमेरिकाले । त्यसपछि उत्तर र दक्षिण कोरियाबीच साम्यवा र लोकतन्त्रलाई लिएर संघर्ष शुरु भयो ।
आजका दिनमा दक्षिण कोरिया निकै सम्पन्न राष्ट्र बनेको छ, जवकि उत्तर कोरिया किम राजवंशको शासनमा लगातार दुनियाँबाट अलग भएर बस्यो । २० औं शताब्दीको यो विभाजन आज पनि विश्वमा ठूलो विवादका रुपमा कायम छ ।
जापानको शासनबाट मुक्तिपछि १९४७ मा अमेरिकाले संयुक्त राष्ट्र मार्फत कोरियालाई एकल राष्ट्र बनाउने पहल गर्यो ।
त्यसपछि राष्ट्र संघको आयोगको निगरानीमा चुनाव गराउने फैसला भयो । मई १९८४ मा केरिया प्रायदीपको दक्षिण भागमा चुनाव भयो । यो चुनावपछि १५ अगस्तमा रिपब्लिक अफ कोरिया अर्थात दक्षिण कोरिया बनाउने घोषणा भयो ।
यो बीच सोवियत संघको नियन्त्रणमा रहेको उत्तरी भागमा सुप्रीम पीपल्स एसेम्बलीको चुनाव भयो । यो चुनावका साथै पीपल्स रिपब्लिक अफ कोरिया अर्थात डीपीआरकेको सितब्बर १९४८ मा घोषणा भयो ।
यसको बाबजुद दुई देशबीच सैन्य र राजनीतिक विरोधभास कायम रह्यो । यो संघर्ष पूँजीवादविरुद्ध साम्यावदको रुपमा पनि देखियो ।
यसको नतिजा यो भयोकि दुई देशको बीच एक युद्ध शुरु भयो १९५० जुनमा मा । अमेरिकी सेनाका साथ १५ अन्य देश दक्षिण कोरियाका साथ देखिए भने उत्तर कोरियासाथ रुस र चीनको सेना अगाडि आए । १९५३ मा युद्द सकियो र दुवै स्वतन्त्र राष्ट्रका रुपमा उदाए ।
विभाजनका बेला दुवै तिर निकै गरीबी थियो । दक्षिण कोरियामा ठूलो मात्रामा अमेरिकाको सहयोग मिल्यो । जनरल पार्क चुङ–ही मार्फत एक सैन्य कू मार्फत दक्षिण कोरियाली सत्ता कब्जा भयो । पार्क यो कूमा सफल भए । तर, १९७९ मा उनको हत्या भयो ।
उत्तर कोरियाइ नेता किम इल–सुंगले तानाशाही बाटो समाते । अर्को तर्फ दक्षिण कोरियाले अमेरिकी सहयोगमा उद्योग बढाउने कुरामा ध्यान दियो । दक्षिण कोरिया यो युद्दबाट उठेर एक सम्पन्न राष्ट्रका रुपमा उदायो । यहाँसम्म कि उसले १९८८ मा ओलम्पिक खेलको समेत आयोजना गर्यो ।
उता उत्तर कोरिया किम राजवंशको शासनमा लगातार चल्यो । गरीबी बढ्यो ।
उत्तर र दक्षिण कोरियाको विभाजनको रेखा अझै पुरिएको छैन ।
विभाजनपछि तनाव किन ?
१९६८ मा उत्तर कोयिाले दक्षिण कोरियाको राष्ट्रपतिको हत्या गर्ने कोशिष गर्यो । १९८३ मा म्यानमारमा एक विस्फोटको विषय अगाडि आयो । यो विस्फोटमा उत्तर कोरियाको नाम आयो ।
उत्तर कोरियामाथि दक्षिणको विमानमाथि बम बर्साएको आरोप लाग्यो । दुई देशबीच संघर्ष खत्तम भएपनि तनाव कम भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण