मौरीपालनबाट मनग्य आम्दानी
इलाम, २८ वैशाख । जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्नुभयो । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उनले व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । उनी अहिले जिर्मलेकै नमुना कृषकका रूपमा चिनिन्छन् ।
राईकै सिको गरेर जिर्मलेका १०० भन्दा बढी किसान आधुनिक मौरीपालन व्यवसायमा लागेका छन् । स्थानीय कुमार मोक्तान र बुद्ध लामाले अहिले मह बेचेर वार्षिक रु एक लाखभन्दा बढीको मह बिक्री गर्छन् ।
“मेहनत गरे आफ्नै देशमा कमाउन सकिँदो रहेछ,” विदेश जान राहदानी बनाएर बस्नुभएका राईले भन्नुभयो । अन्तिम समयमा आएर उनले मौरीपालन व्यवसाय रोजेका हनु् । राईले वर्षमा छ पटकसम्म मह काढ्छन् । उनले प्रतिकिलो मह रु ७०० देखि रु एक हजारसम्ममा बिक्री गर्छन्।
जिर्मलेमा अहिले व्यावसायिक रूपमा मौरी पाल्ने किसानको समूह समेत गठन भएका छन् । सलकपुर र मनोकामना मौरीपालक किसान समूहले मह उत्पादन गर्नुका साथै यहाँका गोला मौरी नमुनाको रूपमा मौरी विकास शाखा गोदावरी पठाउने गरेको छ । जिर्मलेलाई पूर्वाञ्चलकै मौरी स्रोतकेन्द्रको रूपमा विकास गर्न यहाँका किसान मौरीपालनसम्बन्धी तालिम लिइरहेका छन् । सेरेना जातको मौरीका लागि जिर्मले क्षेत्र अत्यन्तै उपयुक्त मानिन्छ । यहाँ उत्पादन भएको मह इलाम, झापा, काठमाडौँ र भारतीय बजारमा बिक्री हुँदै आएको मौरी व्यवसायी कुमार मोक्तान बताउँछन् रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण