चितवन पुगेर प्रचण्डले भने–झिनो मतले जित्ने छुट छैन, भारी मतले जित्नुपर्छ
बिहीबार, २८ वैशाख २०७४, १४ : २८
बैशाख २८, काठमाडौं– स्थानीय तहको पहिलो चरणको चुनाव प्रचारको अन्तिम दिन गृहिजल्ला चितवन पुगेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन बनेपछि भरतपुर महानगरपालिकामा भारी मतले जितिने बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासहित चितवन गएका प्रधानमन्त्री प्रचण्डले आफुहरुलाई झिने मतले जित्ने सुविधा नभएको पनि बताए ।
‘काँग्रेस र माओवादीबीचको गठबन्धन भएपछि जे चर्चा परिचर्चा भए, ती आफ्नो ठाँउमा छन् । अहिले काँग्रेस र माओवादीका शीर्ष नेता आएर यति अपिल गरेपछि अव हामीलाई झिनो मतले जित्ने छुट छैन । अत्याधिक बहुमतल जित्नुपर्छ । लहर सिर्जना गर्नुपर्छ ।’ प्रधानमन्त्रीको भनाई थियो ।
गठबन्धन अनुसार भरतपुर महानगरपालिकामा काँग्रेस र माअोवादीबीच तालमेल बनेको छ । माओवादीका रेणु दाहाल मेयर र काँग्रेस पार्वती शाह उपमेयरका उम्मेद्वार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण