शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

देश बाहिर हुनुहुन्छ ? ख्याल गर्नूस् ‘बोर्डर’ सिज हुँदैछ

बिहीबार, २८ वैशाख २०७४, १५ : २४
बिहीबार, २८ वैशाख २०७४

परासी, बैशाख २८– स्थानीय निर्वाचनलाई लक्षित गरी नवलपरासीका सिमा नाका बन्द हुने भएका छन् । त्यसका लागि आजै नेपाल–भारतका अधिकारीहरुबीच दुईपक्षीय बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा भोटिङ्ग हुने दिनदेखि ७२ घण्टा अघि अर्थात ३ दिन अघिबाटै बोर्डर सिज गर्नुपर्ने नियम अनुसार बोर्डर सिजगर्ने विषयमा छलफल हुन लागेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । नवलपरासिका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, र नेपाली सेना प्रमुख लगायतका उच्च अधिकारीहरुले आजै सिमाको निरीक्षण गर्ने र भारतको सुरक्षा निकायका उच्च अधिकारीहरुसंग छलफल गर्ने बताइएको छ । बैठकमा सिमामा दुवै पक्षबाट कुनै प्रकारको अपराधिक गतिविधि हुन नदिने र बोर्डर सिज भएका बेला नेपाल भारतबाट आवतजावत गर्ने सम्पुर्ण यात्रुहरुलाई रोक लगाउने विषयमा छलफल हुने छ । बिहीबार राती १२ बजेपछि निर्वाचन हुने जिल्लाका सिमा नाकाहरु बन्द हुने गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थिले जानकारी दिए । उनले भने, ‘निर्वाचन हुने जिल्लाहरुमा बिहीबार १२ बजेपछी बोर्डर सिज गर्न सम्वन्धीत प्रशासन कार्यालयहरुलाई निर्देशन दिएका छौं ।’ पन्थिका अनुसार नवलपरासिको दाउन्ने पुर्वमा पर्ने सिमा नाका र चितवनसँग जोडिएको नारायणगढ पुलको पश्चिमतर्फ तथा त्रिवेणीसँग जोडिएको भारत विहार राज्यको पश्चिम चम्पारण नाका पनि सिल गरिने छ । भारतसँग जोडिएको सिमा नाका बन्द गर्ने विषयमा विहार राज्यका अधिकारीहरु र नेपाली अधिकारीहरु बिच हाल छलफल चलिरहेको छ । नाका सिज भएपछी नेपाल भारतको सिमाबाट कुनै पनि व्यक्ति आवतजावत गर्न पाउनेछैन भने व्यपारीले कारोबार समेत गर्न नपाईने प्रशासनले जनाएको छ । देशबाहिर रहेका मतदाता तथा नेपाली नागरिकहरुलाई बिहिबारभत्रै आफनो देश फर्कन प्रशासनले संचारमाध्यमहरुमार्फत आग्रह गरेको छ । प्रशासनले आज फर्कन नसक्ने व्यक्तिहरुलाई चुनावको दिनसम्म फर्कन नपाउने जानकारी दिदै जबरजस्ती आवतजावत गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने बताएको छ । त्यस्तै पहिलो चरणमा निर्वाचन हुने नेपाल चिन सिमानामा पर्ने रसुवाको केरुङ्ग नाका पनि बन्द हुने प्रवक्ता पन्थिले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप