शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नागरिक लगानी कोष र एनएमबि बैकबीच एफपिओ निष्कासन सम्झौता

बिहीबार, २८ वैशाख २०७४, १५ : ३७
बिहीबार, २८ वैशाख २०७४
काठमाडौं, वैशाख २८–नागरिक लगानी कोष र एनएमबि बैक बीच फर्दर पब्लिक इस्यु (एफपिओ) सम्बन्धी सम्झौता भएको छ । बैकको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयर निस्काशन गर्ने सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका हुन । प्रतिसेयर मुल्य १ सय रुपैयामा प्रिमियम मुल्य थप गरी सेयर निस्काशन गरिने पनि सम्झौतामा उल्लेख छ । सेयर निस्काशन सम्झौता कार्यक्रममा कोषका मुख्य ब्यवस्थापक सुशिल कुमार अर्याल, पुँजी बजार महाशाखा प्रमुख रोशनजंग कार्की तथा अधिकृत दिपेन्द्र सिंह अधिकारी एबं बैकका तर्फबाट कम्पनी सचिव प्रमोद कुमार दहाल लगायतका प्रतिनिधि उपस्थित रहेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप