भ्रष्टाचारमुक्त समाज बनाउन युवा निर्वाचित हुन आवश्यक – अध्यक्ष थापा
बिहीबार, २८ वैशाख २०७४, १५ : ३९
हेटौँडा, २८ वैशाख । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियतालाई संवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज बनाउन स्थानीय मतदाताले युवा उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा हेटौँडा उपमहानगरपालिका वडा नं १६ को चिसापानी र वडा नं ७ नागस्वतीमा आज आयोजित छुट्टाछुट्टै आमसभालाई सम्बोधन गर्दै प्रमुख दलहरुले सत्ताको स्वार्थभन्दा माथि उठेर राष्ट्रको अखण्डतालाई संवद्र्धन गर्न एवम् जनतालाई आर्थिक समृद्धि तुल्याउन सबै दलको एउटै एजेन्डामाथि प्रस्तुत हुन आग्रह गरे ।
उनले हेटौँडा काठमाडौँ जोड्ने सुरुङमार्ग एवम् काठमाडौँ निजगढ जोड्ने दु्रत मार्ग निर्माण र हेटौँडा बजारलाई २५ मिटर सडकको व्यवस्थित रुपमा सहरीकरण गर्न राप्रपाले दीर्घकालीन योजनालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण