बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण कोरियाली राजदूतमा सिंह

शुक्रबार, २९ वैशाख २०७४, १७ : २४
शुक्रबार, २९ वैशाख २०७४
काठमाडौँ, २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दक्षिण कोरियाका लागि नेपाली राजदूतमा पौवागढी–८, बझाङ निवासी अर्जुनजङ्गबहादुर सिंहलाई आज नियुक्त गरेकी छिन् । त्यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेललाई चिली र पाराग्वेका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप