बोको हरामको नियन्त्रणबाट मुक्त ८२ बालिकाको स्वास्थ्य परीक्षण हुँदै
शुक्रबार, २९ वैशाख २०७४, १८ : २३
लागोस, वैशाख २९ – इस्लामिक उग्रवादी समूह बोको हरामको नियन्त्रणबाट मुक्त भएका नाइजेरियाका ८२ बालिकाको अहिले संपूर्ण स्वास्थ्य परीक्षण भइरहेको छ ।
लामो समय अपहरणमा परेका ती बालिकालाई समाजमा पूनःस्थापित हुन सजिलो होस भन्ने उद्देश्यले स्वास्थ्य परीक्षण भइरहेको नाइजेरियाका माहिला मामिला तथा सामाजिक विकास मन्त्री अइसा अल्हासानले बताए ।
सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २७० विद्यार्थीमध्ये ८२ जना बालिका केहीदिन अघि अपहरणमुक्त भएका हुन् ।
नाइजेरियाको राजधानी सहर अबुजामा आयोजित पत्रकार सम्मेलनमा उहाँले ती सबै बालिकालाई मनोचिकित्सकीय उपचार र पुनःताजकिकरण सम्वन्धि शिक्षा दिइएको बताए ।
उनीहरु अपहरणमुक्त भएको बारेमा जानकारी दिन उनीहरुका बाबुआमालाई उनीहरुको फोटो पठाइएको उनले जानकारी दिए । कतिपय बालिकाको नाम पनि उही भएकाले पहिचानका लागि पनि फोटो पठाइएको उनले स्पष्ट पाए ।
‘आमाबावुलाई उनीहरुका छोरीलाई भेट्न नदिइएको भन्ने कुरा सत्य होइन, हामी उनीहरुलाई भेट्न दिन्छौं, तर प्रत्येक दिन होइन,’ उनले सम्बाददातालाई भने ।
अधिकांश बालिकालाई सरकारी सेवा सुविधा तथा सहुलियतका लागि सिफारिस गरिएको उनले बताए ।
उनले आउँदो सेप्टेम्बरदेखि सुरु हुने नयाँ शैक्षिक सत्रमा मात्रै ती बालिकालाई अध्ययनको निरन्तरताका लागि विद्यालय पठाइने र त्योभन्दा अगाडि अन्य सीपहरु सिकाइने जानकारी दिए ।
नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिकाबीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
बोको हरामको अपहरणमा परेका बालिकालाई छुटाउनका लागि राष्ट्रपति मुहामदु बुहारीको प्रशासनले स्थानीय र अन्तरराष्ट्रिय मध्यस्तकर्ताहरुको सहयोगमा लामो समयदेखि वार्ता गरिरहेको थियो ।
रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तरराष्ट्रिय क्षेत्रबाट चर्को आलोचना भएको थियो । राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकाहरुलाई सुरक्षितरुपमा रिहा गराई छाड्ने अघिल्लो महिना बताए
उनले अरु बालिकाको बारेमा पनि आशा नमार्न उनीहरुका बाबुआमालाई आग्रह गरेको छ । सन् २०१६ को अक्टोबरमा पनि अरु २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो ।
सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म २० हजारभन्दा बढी मारिएका छन् भने लाखौँ सर्वसाधारण विस्थापित भएका छन् । रासस÷सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण