बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मौनअवधिको पूर्ण रुपमा पालना गर्नुस्’

शुक्रबार, २९ वैशाख २०७४, १८ : ४१
शुक्रबार, २९ वैशाख २०७४
काठमाडौँ, वैशाख २९ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको मौनअवधिको पूर्ण रुपमा पालना गर्न/ गराउन सबै राजनीतिक दल र उम्मेदवारलाई पुनःआह्वान गरेको छ । सहन्यायाधिवक्ता खेमराज ज्ञवालीद्वारा लिखित ‘लोकतान्त्रिक निर्वाचन व्यवस्थापन’ पुस्तकको आज यहाँ विमोचन गर्दै भने, ‘केही स्थानमा राजनीतिक दल र उम्मेदवारबाट मौनअवधिको अवज्ञा भइरहेको भन्ने सूचना प्राप्त भएको छ, यो ठीक भएन, प्रचारप्रसार गर्ने कार्य तत्कालै रोक्नुस् ।’ राष्ट्र, जनता र लोकतन्त्रको स्थायित्वका लागि हुन लागेको निर्वाचनको महाभियानअन्तर्गत मतदानमा घरायसी अरु सबै काम छाडेर सहभागी हुन आग्रह गर्दै डा. यादवले निर्वाचन आचारसंहिता विपरीत हुने जुनसुकै कार्यलाई निरुत्साहन गर्न नागरिक समूहलाई सुझाव दिए । उनले भने, ‘पहिलो चरणको निर्वाचनमा खटिएका मतदान अधिकृत सबै आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगेर धमाधम मतदाता परिचयत्र वितरण गरिएको छ, निर्वाचनलाई स्वतन्त्र, स्वतन्त्र र निष्पक्ष बनाउन आयोगले कुनै कसर बाँकी राखेको छैन, तयारीमा कुनै कमजोरी छैन ।’ कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले संवैधानिक लोकतन्त्रमा विश्वास गर्नेले संविधानअनुरुप राजनीति चलाउनुपर्छ, राजनीति अनुसार संविधान चल्न सक्दैन भन्ने बुझ्न आवश्यक छ भने । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन तथा संविधान, गणतन्त्र र लोकतन्त्रलाई स्थायित्व दिनका लागि आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचनको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । संविधानविद् चन्द्रकान्त ज्ञवालीले कृति निर्वाचनबारे अध्ययन, अध्यापन र अनुसन्धान गर्नेका लागि अत्यन्त उपयोगी रहेको बताए । कृतिका लेखक ज्ञवालीले नेपालको निर्वाचनको नालीबेली समावेश गरिएको आफ्नो कृतिमा तस्बिर सहितको नामावली, संविधानसभामा दर्ता भएका राजनीतिक दल, निर्वाचन आचारसंहिता, निर्वाचन व्यवस्थापनजस्ता विषयवस्तु समेटिएको जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप