बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनको पूर्वस्थिति शान्तिपूर्ण र सौहार्दपूर्णः जियोक

शुक्रबार, २९ वैशाख २०७४, १८ : ४९
शुक्रबार, २९ वैशाख २०७४
काठमाडौं, वैशाख २९– निर्वाचन पर्यवेक्षण समिति नेपाल जियोकले छिटफुट घटनाबाहेक स्थानीय तहको निर्वाचन पूर्वको स्थिति शान्तिपुर्ण र सौहार्दपुर्ण देखिएको जनाएको छ । जियोकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी मतदानपूर्वको स्थिति विगतका निर्वाचनका तुलनामा शान्तिपुर्ण रहेको जनाएको हो । मतदाता परिचयपत्र वितरणमा केही समस्या देखिएपनि कर्मचारी परिचालन, सुरक्षा व्यवस्था र आचारसंहिता कार्यान्वयनमा सन्तोषजनक रहेको जियोकको निष्कर्ष छ । निर्वाचनमा राजनीतिक दलका नेता कार्यकर्ताको व्यवहार पनि परिर्वतन भएको र अत्यन्तै शान्तिपुर्ण ढंगले प्रचारप्रसारमा सहभागी भएको पाइएको जियोकले जनाएको छ । स्थानीय तह निर्वाचन ऐनले प्रत्येक वडामा एक जना दलित उम्मेदवार हुनुपर्ने भनी गरेको बाध्यकारी प्रावधान हु–बहु पालना नभएको ठहर पनि जियोकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप