आयोगमा पुग्यो राष्ट्रिय जनता पार्टी दल दर्ता गर्न
शुक्रबार, २९ वैशाख २०७४, १८ : ५४
काठमाडौँ, वैशाख २९ – राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन प्रयोजनका लागि आगामी जेठको पहिलो साताभित्रै निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलपछि राष्ट्रिय जनता पार्टीका नेता मनिषकुमार सुमनले स्थानीय तह निर्वाचनमा एकीकृत दलका रुपमा सहभागी हुन सम्भव नभए पनि यसपछिका निर्वाचनमा एकीकृत दलका तर्फबाट सहभागिताका लागि दल दर्ता गर्न लागिएको जानकारी दिए । आयोगसँग एकीकृत दलको नाम, निर्वाचन चिह्न र दल दर्ताको प्रक्रियालगायतका विषयमा छलफल भएको उनले बताए । यसै महिनाको पहिलो साता तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भएर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो । छलफलमा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले दल एकीकृत भएकोमा बधाई दिँदै स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई सकिएकाले एकीकृत दललाई नयाँ निर्वाचन चिह्न दिन नसकिने हुँदा पुरानै चिह्न लिएर निर्वाचनमा सहभागी हुन आग्रह गरे । छलफलमा वृषेशचन्द्र लाल, जीतेन्द्र सोनल, मनिषकुमार सुमन, केशव झा, डा कौशलेन्द्र मिश्र, सिपी सिंह र दीपेन्द्र चौधरी सहभागी थिए। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण