फेसबुक, ट्वीटरमा चुनाव प्रचार नरोकिएपछि आयोगको यस्तो विज्ञप्ति
शुक्रबार, २९ वैशाख २०७४, १९ : २७
काठमाडौं, बैशाख २९– स्थानीय तह निर्वाचनको मौन अवधिमा पनि सामाजिक सञ्जालहरुमा चुनाव प्रचार नरोकिएछि निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पुनः आग्रह गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शुक्रबार विज्ञप्ति जारी गरी केही राजनीतिक दल, संस्था, उम्मेद्वार र व्यक्तिहरूले स्थानीय तह निर्वाचनको मौन अवधिमा पनि आफ्ना वेभसाइटलगायत फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालहरुमार्फत निर्वाचनको प्रचारप्रसार गरेको भन्ने जानकारीमा आएको भन्दै प्रचार रोक्न आग्रह गरेका छन् ।
निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचारप्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेद्वार र व्यक्तिहरूमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने समेत आयोगले स्पष्ट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण