स्थानीय तहको संख्या थप गर्न गच्छदार नेतृत्वमा समिति गठन
शुक्रबार, २९ वैशाख २०७४, १९ : ५५
काठमाडौं, वैशाख २९– सरकारले स्थानीय तहको संख्या थप गर्ने सम्वन्धमा अध्ययन गर्न स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारको संयोजकत्वमा समिति गठन गरेको छ ।
शुक्रबार सांझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्री परिष्द् बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री गच्छेदारको संयोजकत्वमा रक्षामन्त्री बालकृष्ण खाँड र कानूनमन्त्री अजयशंकर नायक समेत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिलाई स्थानीय तहको संख्या वृद्धि सम्बन्धमा अध्ययन गरी ५ दिनभित्र सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ ।
सेनाको संरचना परिवर्तन गर्ने
नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने मन्त्री परिषद बैठकले निर्णय गरेको छ ।
मन्त्री परिषद बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा पुरानो दरवन्दी यथावत राखी ३४० जनालाई समायोजन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण