मदिरा बिक्रीवितरणमा निषेध
शुक्रबार, २९ वैशाख २०७४, १९ : ५५
हेटौँडा, वैशाख २९ – यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरका आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा गरी दुई सय ९५ मतदान केन्द्र र वरिपरि एकीकृत रुपमा कडा सुरक्षाको टोली तैनाथ गरिएको छ ।
जिल्लाका ती मतदान केन्द्रमा क्रमशः एकीकृत रुपमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र म्यादी प्रहरीको छुट्टाछुट्टै टोली तयार पारी मतदान केन्द्रलगायत वरिपरि १ किमीसम्म सुरक्षाको कडा व्यवस्था गरी मतदानका लागि शान्तिपूर्ण वातावरण बनाउने काम भइसकेको प्रजिअ नारायणप्रसाद शर्मा दुवाडीले बताए ।
उपमहानगरपालिका लगायत थाहा नगरपालिका र विभिन्न गाउँपालिकामा वैशाख ३१ गते हुने निर्वाचनको दिनमा सुरक्षाको मोबाइल टोली छुट्टाछुट्टै खटाइने छ । यसैगरी वैशाख २९ गते बेलुकादेखि मतदान केन्द्र र वरिपरि क्षेत्रमा मदिरा बिक्रीवितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण