बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसद बडाल महाराजगन्ज शिक्षण अस्पतालमा

शुक्रबार, २९ वैशाख २०७४, २० : १३
शुक्रबार, २९ वैशाख २०७४
काठमाडौँ, वैशाख २९– नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना भएका छन् । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उनको मुटुमा समस्या देखिएकाले शल्यक्रिया गरिएको छ । अपराह्न पार्टी कार्यालय आएका सांसद बडाललाई छाती र पेट दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ प्रारम्भिक उपचारपछि शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ । उनको अवस्था अहिले सामान्य छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप