मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु
शुक्रबार, २९ वैशाख २०७४, २० : ५१
धनगढी, वैशाख २९– कैलालीको टीकापुरबाट बौनियातर्फ जाँदै गरेको से ५ प २८३५ नंको मोटरसाइकलबाट खसेर घाइते भएकी ६० वर्षीया शान्ति चौधरीको उपचारका क्रममा आज मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले उपचारका लागि मोटरसाइकलमा चढाएर झाँक्री कहाँ लैजादै गरिएका अवस्थामा बाटोमा अचानक मोटरसाइकलबाट खसेर घाइते भएकी भजनी नगरपालिका–८ की चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए ।
यस्तै इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बर्दगोरिया गाउँपालिका–६ टुक्की बजारमा भे १ त २१९३ नंको ट्र्याक्टरबाट अवैध ६१।१० क्युफिट काठ बरामद गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण