विश्व नर्स दिवस मनाइयो ग्राण्डी अस्पतालमा
शुक्रबार, २९ वैशाख २०७४, २१ : ०५
काठमाडौं, बैशाख २९ – आज १२ मे विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस मनाइदै छ । विश्व नर्स दिवसको यस बर्षको नारा ‘नर्सेस् अ भ्वाइस टु लिड –अचिभिङ्ग द सस्टेनेबल डेभलपमेन्ट गोल’ अर्थात ‘नर्सहरु दिगो बिकासको लक्ष हाँसिल गर्नकालागि नेतृत्वदायि आवाज हुन’ भन्ने रहेको छ ।
काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि बिबिध कार्यक्रम गरी यो दिवस मनाइएको छ । दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको नर्सिङ विभागको तर्फबाट विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा नर्स दिवसको महत्व र नर्सहरुको जिम्मेवारीबारे जानकारीमूलक तथा मनोरन्जनात्मक प्रस्तुतिहरुसँगै नर्स दिवसको शुभकामना आदानप्रदान गरिएको थियो ।
त्यसैगरी नर्सिङ बिभाग अन्तर्गत बिभिन्न वार्डमा कार्यरत नर्सिङ स्टाफहरुका तर्फबाट कबिता बाचन, गायन , नृत्य र प्रहसन लगायतका बिबिध मनोञ्जनात्मक कायक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।
विश्वमा नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मतिथि १२ मे लाई संसारभर विश्व नर्स डेको रुपमा मनाउन थालिएको हो । ग्राण्डी अस्पतालले नियमित रुपमा यो दिवस मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण