कान्जिहाउस निर्माण कार्य अलपत्र
शनिबार, ३० वैशाख २०७४, ०७ : ५६
पाल्पा ३० वैशाख - गिद्धको आहार व्यवस्थापनका लागि निर्माण गरिएको कान्जिहाउस निर्माण कार्य अलपत्र अवस्थामा छ ।
रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्र खैरेनी सामुदायिक वनमा गिद्धको लागि आवश्यक पर्ने आहार व्यवस्थापनका लागि कान्जिहाउस निर्माण कार्य थालनी गरिए पनि आर्थिक अभावमा निर्माण कार्य अहिले अलपत्र बनेको हो ।
आहार व्यवस्थापनको अभावमा गिद्धको सङ्ख्यामा कमी आउन थालेपछि स्थानीय उपभोक्ताको पहलमा यहाँ कान्जिहाउस निर्माण सुरु गरिएको हो । गाउँ घरमा मरेका गाईभैँसी जीव जनावरलाई व्यवस्थित गरी गिद्धलाई आहार लिन सहज बनाउने उद्देश्यले वन समूहका स्थानीय उपभोक्ताले कान्जिहाउस निर्माण कार्य थालनी गरेका हुन् ।
रामपुर नगरपालिकाबाट रु २५ हजार रकमको सहयोगमा यहाँ कान्जिहाउस निर्माण सुरु गरिए पनि निर्माण कार्य सम्पन्न गर्न ठूलो लागत खर्च लाग्ने हुँदा निर्माण कार्य बीचमै अलपत्र बन्न पुगेको हो ।
वन समूहका उपभोक्ता एवम् समाजसेवी एकराज अर्यालले गिद्धलाई सामान्यतया आहार लिन मिल्ने र आहार सुरक्षित राख्ने खालको बनाउन पनि दुई लाखभन्दा बढी रकम लाग्ने हुँदा निर्माण सुरु गरिएपनि आर्थिक अभावमा सम्पन्न गर्न नसकिएको बताए ।
उनि भन्छन, “कान्जिहाउस निर्माण भएपछि मरेका गाई भँैसी जीव जनावर सुरक्षित तरिकाले केही समय राख्न मिल्नेछ” – “एकैचोटी धेरै गाई भैँसी मरेर आहार बढी हुँदा सडेर गयो भन्न पनि नपर्ने, मिलाएर आहार व्यवस्थापन गर्न सजिलो हुनेछ” ।
यहाँ कान्जिहाउस निर्माण गरियो भने दुर्गन्ध कम हुने र यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ । कान्जिहाउस निर्माण गरेर यस वन क्षेत्रमा पाँच सयको हाराहारीमा गिद्ध पु¥याउने लक्ष्य रहेको वन समूहका अध्यक्ष कृष्णप्रसाद अर्याल बताउछन ।
यस क्षेत्र जिल्लामै नमुना गिद्ध संरक्षणको क्षेत्रका रुपमा परिचित छ । यहाँको प्राकृतिक वनोट, खैरेनी वन क्षेत्रलाई कालीगण्डकीले टापु आकारमा घेरेको, कलकल बग्ने कालीगण्डकीको दृश्य, चिसो शान्त मनोरम हावापानी, शीतल छहारीमा रमाउँदै कान्जिहाउस अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या पनि ह्वात्तै बढ्ने छ । यस क्षेत्रलाई रामपुर नगरपालिकाले पर्यटकीय क्षेत्रका रुपमा पनि घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण