धादिङमा कांग्रेस उम्मेद्वारको छोराको साथमा पेस्तोल भेटियो !
वैशाख ३०, काठमाडौं – धादिङ्गको खनियावास गाउँपालिका–५ का वडा अध्यक्षका उम्मेद्वार रण बहादुर तामाङ्गको छोरा युल छिरीङ्ग तामाङ्गको साथमा पेस्तोल फेला परेको छ । शुक्रवार राती चेकजाँचको क्रमममा नेपाली कांग्रेसका उम्मेद्वार रण बहादुर तामाङ्गका छोराको साथमा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङ्गका एसपी शरद खत्रिले जानकारी दिए ।
खनियावास गाउँपालिकाको बसलादेवी मतदान केन्द्र बाहिर पेस्तोल बोकेर बसेको अवस्थामा युथ तामाङ र उनका साथी जय कुमार तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ । युल र जय कुमारको साथबाट तिन राउण्ड गोली समेत बरामद गरिएको र उनिहरु उपर हातहतियार तथा खरखजाना मुद्धा चलाईने एसपी खत्रिले जानकारी दिए ।
त्यस्तै धादिङ्गको त्रिपुरासुन्दरी–१ बाट राँगो काट्ने खुँडा सहित ४ जना एमालेका कार्यकर्ता पक्राउ परेका छन् । गोर्खा आरुघाट तर्फबाट खुाडा बोकेर आएका एमाले कार्यकर्ताहरु उत्तम अधिकारी र नविन थापा सहित अन्य दुई जनालाई नियन्त्रणमा लिईएको एसपी खत्रिले जानकारी दिए ।
चेकजाँचको क्रममा फेला परेको बा७७प १९६२ नं को मोटरसाइकल र रु ४१ हजार ७०० नगदसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यसैगरी, त्रिपुरा सुन्दी गाउँपालिका–१ सल्यानटारबाट चार जना पक्राउ गरेको छ । तीन खुँडासहित त्रिपुरासुन्दरी गाउँपालिका–३ का २४ वर्षीय उत्तम अधिकारी, २४ वर्षीय प्रचित अधिकारी, २२ वर्षीय प्रकाश थापामगर र ३० वर्षीय नवीन थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम आज बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको जनाएको छ ।
सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबँेसीमा राखिएको सिलिन्डर बम र महादेवबँेसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण