बन्दका कारण कपिलवस्तुको जनजीवन प्रभावित
- चुरामणि अर्याल कपिलवस्तु, बैशाख ३० - आफ्ना कार्यकर्ताहरु विना कारण पक्राउ परेकोमा रिहाई र स्थानिय चुनावको खारेजीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी चन्द माओवादीले आज एक दिनका लागि आह्वान गरेको नेपाल बन्दका कारण विहानै देखि कपिलवस्तुको जनजिवन प्रभावित भएको छ ।
बाटोमा बन्द कर्ताहरु नदेखिए पनि विहानै देखि जिल्लाको पुर्व पश्चिम महेन्द्रराजमार्गमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरु गुडेका छैनन् । बजार पसल उद्योग कलकारखाना समेत वन्द रहेका छन् ।
नेकपाले भने राज्यले फेरि पनि दमन र धरपकडलाई जारी राखेमा त्यसको परिणाम गम्भिर हुने भन्दै सचेत रहन सरकारलाई चेतावनी पनि दिएको छ ।
बन्दका समयमा एम्बुलेन्स, दमकल, वारुणयन्त्र, प्रेस, मानवअधिकार वादि संघ संस्था लगायतका सवारीहरुलाई भने विना अवरोध सञ्चालन गर्न दिने जिल्ला कमिटी सेक्रेटरी सुनिलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण