बीस किलोको ट्युमरको सफल शल्यक्रिया
शनिबार, ३० वैशाख २०७४, ०९ : २८
मोरङ, ३० वैशाख - विराटनगरमा रहेको नोेबेल अस्पतालले २० किलोको ट्युमर भएको व्यक्तिको सफल शल्यक्रिया गरेको छ ।
अस्पतालले सुनसरीको दुहवी–१ का मोहम्मद इस्ताकको कानको पछाडिको भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका वरिष्ठ न्युरोसर्जन डा आइप चेरियन नेतृत्वको टोलीले इस्ताकको ट्युमरको सफल शल्यक्रिया गरेको र यस्तो शल्यक्रिया कमैको हुने गरेको शुक्रबार जानकारी दिए । उनले यस्ता शल्यक्रिया गर्नका लागि धेरै मेहनत गर्नुपर्ने भएकाले पनि यो शल्यक्रिया जटिल प्रकृतिको रहेको उल्लेख गरे ।
यस्ताखालका ट्युमरले हड्डीमा असर गर्ने तथा नसा धेरै हुने र त्यसलाई व्यवस्थापन गर्दै शल्यक्रिया गरिएको डाक्टर चेरियन बताउछन । विगत पाँच वर्षदेखि सामान्य काँठोजस्तो देखिएकोमा विगत एक वर्षदेखि उक्त गाँठो बढ्दै जाँदा २० किलोसम्म भएको इस्ताकले जानकारी दिए । उनले एकाएक बढ्दा आफूलाई डर लागेर अस्पताल आउँदा समस्याको रुपमा देखिएपछि शल्यक्रिया गरिएको बताए ।
आर्थिक अवस्था कमजोर रहेका बिरामीका लागि यो मुख्य समस्याका रुपमा रहने भएकाले शल्यक्रिया गर्न पनि समस्या हुने गरेको छ । चिकित्सकका अनुसार रक्तनशासँग जोडिएकाले पनि ५० प्रतिशत खतराको अवस्थामा थियो । तर गर्दै जाँदा समस्यालाई समाधान गर्न सकेकोमा चिकित्सकले अर्को सफलता हात परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण