मतदानको ब्यग्र प्रतिक्षामा सर्वसाधारण
शनिबार, ३० वैशाख २०७४, ०९ : ३१
म्याग्दी, ३० वैशाख - बेनी नगरपालिका–९ नेप्टेचौरका ५६ वर्षीय रुद्रबहादुर चोखाललाई आइतबार हुन लागेको स्थानीय तह निर्वाचन विशेष महत्वको लागेको छ ।
यसअघिको संसदीय र स्थानीय निकायको निर्वाचनको मतदानमा सहभागी भएका उनि स्थानीय तहमा सक्षम र योग्य नेतृत्वको आवश्यकता देख्छन ।
जलजला गाउँपालिका–३ का २७ वर्षीय रवीन जिसी मतदान गर्ने समयको ब्यग्र प्रतिक्षामा छन् । “बिहीबारनै मतदाता परिचयपत्र ल्याइसके” जिसीले उत्साहित मुद्रामा भने, “हाम्रोभन्दा पनि विकासका लागि सक्षम, नीति निर्माणका लागि योग्य र अनुभवी उम्मेदवारले भोट पाउँछन् ।”
धौलागिरि गाउँपालिका सात ताकमका १९ वर्षीय गणेश सुवेदीले आसन्न निर्वाचनमा पहिलो पटक मतदान गर्दै छन् । विकास निर्माणलाई गति दिन र असल नीति नियम बनाउन जनताको समस्यालाई बुझेको उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने सुवेदीको बुझाइ छ ।
चोखाल, जिसी र सुवेदीजस्तै पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीका धेरैजसो मतदाता सक्षम उम्मेदवारको पक्षमा देखिएका छन् । बीस वर्षसम्म स्थानीय निर्वाचन नहुँदा गाउँ बस्तीको विकास नभएको आम सर्वसाधारणको भनाइ छ ।
त्यसैले सबै यो या त्यो दल नभनी विकास गर्न सक्ने उम्मेदवारलाई जिताउन चाहन्छन् । जनप्रतिनिधिको अभावमा करिब डेढ दशकसम्म सुस्ताएको विकास र ओझेलमा परेको जनताको समस्यालाई अब चुनिने जनप्रतिनिधिले समाधान गर्ने बेनपा–६ का तुलबहादुर भण्डारीको अपेक्षा छ ।
“अबका जनप्रतिनिधि जनताको तीव्र विकासको आकांक्षाको नेतृत्वकर्ता, सुशासनको पहरेदार र नीति निर्माता पनि हुन्” भण्डारीले भने, “भोट पाएर केन्द्रमा जाने चुनाव यो होइन ।” मतदाताले स्थानीय तहको चुनावलाई संसदीयभन्दा बढी महत्व दिएका छन् । अधिकार सम्पन्न स्थानीय तहको नेतृत्वमा सक्षम, इमान्दार, योग्य व्यक्ति पुग्नुपर्छ भन्ने आम सर्वसाधारणको बुझाइ तथा धारणा छ ।
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा उम्मेदवारले विकास, संवृद्धि र सुशासनको विषयलाई चुनावी मुद्दा बनाएका छन् । स्थानीय प्राकृतिक र मानवीय स्रोत पहिचान तथा परिचालन गरेर पूर्वाधार विकास गरी गाउँ नगरलाई सम्बृद्ध बनाउने उम्मेदवारले मतदातालाई आश्वासन बाँडेका छन् । केन्द्रीयस्तरमा आफू सम्बद्ध पार्टीले तयार पारेको घोषणापत्रसँगै मतदाता रिझाउन स्थानीय मुद्दालाई प्राथमिकता दिएका हुन् ।
सडक नपुगेको ठाउँमा सडक पु¥याउने, निर्माण भएका सडकलाई स्तरवृद्धि गर्ने, सामुदायिक भवन, घरघरमा खानेपानी, विद्युत्, सञ्चार सुविधाको व्यवस्था मिलाउने उम्मेदवारले भोट माग्दा मतदातालाई दिने साझा आश्वासन बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण