हिमालपारि ३३ केभी विद्युत् लाइन बन्दै
शनिबार, ३० वैशाख २०७४, ०९ : ३४
बेसीसहर, ३० वैशाख - लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पु¥याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो ।
दुई वर्षभित्र मनाङका सबै क्षेत्रमा राष्ट्रिय विद्युत् प्रसारणबाट सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । अहिले ३३ केभी लाइन विस्तारको काम तीव्र गतिमा अघि बढिरहेको छ ।
विद्युतीकरणका लागि लमजुङको उदिपुर–मनाङ ३३ केभी विद्युतीकरण निर्माण आयोजनाले काम गरिरहेको छ । प्राधिकरणका अनुसार मनाङको थानचोकमा ३३-११ केभी को शवस्टेसनको निर्माण गरी मनाङलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।
३३ केभी लाइनको निर्माण एक वर्षमा सकेर आगामी वर्ष शवस्टेसनका निर्माण कार्य गरिने न्यौपानेले बताए ।
मनाङमा ८० किलोवाटको सब्जे खोला र ६० किलोवाटको चामे लघुजलविद्युत् आयोजना साथै जिल्लाको मनाङ, पिसाङ, धारापानी, ताललगायतका क्षेत्रका स्थानीयले समुदायमा आधारित लघुजलविद्युत् आयोजनाको निर्माण गरी विद्युतीय सेवा उपभोग गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण