बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

९९ देशमा भयानक साइबर हमला, मागियो फिरौती

शनिबार, ३० वैशाख २०७४, ०९ : ३८
शनिबार, ३० वैशाख २०७४

बीबीसी

बैशाख ३० – युरोपलगातय ९९ देशका केही संगठनमाथि साइबर हमला भएको छ ।

ब्रिटेनको नेशनल हेल्थ सर्भिस (एनएचएस) यसबाट निकै नराम्रोसँग प्रभावित भएको छ जसका कारण बिरामीको अनलाइन रेकर्ड नियन्त्रण बाहिर रहेको छ ।

यी हमलापछि एक प्रोग्रामले हज्जारौं स्थानका कम्प्युटर लिक गरियो र पेमेन्ट नेटवर्क ‘बिटकाइन’ मार्फत २ सय ३० पाउन्डको फिरौती मागिएको छ ।

ब्रिटेन, अमेरिका, चीन, रुस, स्पेन, इटली, भियतनाम र थुप्रै अन्य देशमा ‘र्यानसमवेयर’ साइबर हमलाको खबर छ । प्रभावित थुप्रै संगठनले कम्प्युटर लक भएको र फिरौतीको माग गरिएको स्क्रिनसट सार्वजनिक गरेका छन् ।

ब्रिटेनको स्वास्थ्य सेवा निशानामाः

एक साइबर सुरक्षा शोधकर्ताले उनीहरुले यसको बदलामा फिरौती मागेको ३६ हजारवटा घटना थाहा भएको ट्वीटरमार्फत जानकारी दिएका छन् । यो ‘वानाक्राइ’ वा योसँग मिल्दोजुल्दो नामबाट गरिएको छ ।

उनले भने, ‘यो निकै ठूलो हो ।’

थुप्रै अस्पतालले आफूहरु बिरामीको डेटासम्म पुग्न नसकेको बताएका छन् । एनएचएसमाथि यो हमलाको सबैभन्दा नराम्रो असर पुगेको छ । यसका लागि थुप्रै कारण हुनसक्छन् ।

सबैभन्दा सम्भव कारण यो हुनसक्छ कि यो एक निकै ठूलो आइटी इन्फ्रास्ट्रक्चरको सहारामा चल्ने एक ठूलो संस्था हो । यसका थुप्रै पार्टनर र सप्लायर्स छन् जसमार्फत यसको ‘कोर नेटवर्क’ सम्म पुग्न सकिन्छ ।

लिभरपुलको एक मेडिकल सेन्टरमा काम गर्ने डाक्टर क्रिस मिमनागका अनुसार हमलाका कारण उनको काम असम्भव भएको छ ।

उनले भने, ‘हाम्रा बिरामीका पूरा रेकर्ड– रगतको रिपोर्ट, हिस्ट्री, औषधीजस्ता जानकारी कम्प्युटरमार्फत नै हेर्ने गर्दथ्यौं । हामी औषधी पनि विद्युतीय तरिकाले लेख्छौं । यो सिधै फार्मेसीसम्म पुग्थ्यो । यतिबेला यो पूरा सिस्टम हाम्रो नियन्त्रणभन्दा बाहिर भएको छ ।’

यो एक अन्तर्राष्ट्रिय हमला होः थेरेसा मे

यो हमला अमेरिकी सुरक्षा एजेन्सीले बनाएको प्रविधिमार्फत गरिएको अनुमान गरिएको छ । बीबीसीले अहिलेसम्म स्वास्थ्य सेवासँग जोडिएका ४० संस्थाहरु यसबाट प्रभावित भएको खबर पाएको छ ।

ब्रिटेनकी प्रधानमन्त्री थेरेसा मे ले भनिन्, ‘यो नेशनल हेल्थ सर्भिसमाथि मात्र निशाना होइन । यो एक अन्तर्राष्ट्रिय हमला हो र थुप्रै देश र संस्था यसबाट प्रभावित भएको छ ।’

समाचार एजेन्सी एपीका अनुसार बेलायतका थुप्रै अस्पताले कम्प्युटर खोल्न नै समस्या भइरहेको बताएका छन् । जुन कम्प्युटर ह्याक भएका छन् ती खोल्दा एक मेसेज देखिएको छ जसमा फाइल रिकभर गर्न चाहेमा पैसा तिर्नुपर्ने हुन्छ भन्ने मेसेज दिइएको छ ।

बेलायतको नेशनल हेल्थ सर्भिसका इन्सिडेन्ट डायरेक्टर डाक्टर एनी रेन्सबेरीले भने, ‘जहिलेसम्म हामी यो ठूलो घटनाबाट पार पाउँदैनौं हामीले मानिसहरुसँग बुद्धिमानी ढङ्गले एनएचएसको प्रयोग गर्न अपिल गरेका छौं ।’

के हो रेनसमवेयरः

रेनसमवेयर एक कम्प्युटर भाइरस हो जसले कम्प्युटरको फाइललाई बर्बाद गरिदिने धम्की दिने गर्दछ । यदि फाइललाई बचाउन चाहे त्यसको लागि पैसा तिर्नुपर्ने धम्की दिइएको हुन्छ ।

यो भाइरस कम्प्युटरमा रहेको फाइल र भिडियोलाई इन्क्रिप्ट गरिदिन्छ र पैसा तिरेपछि डिक्रिप्ट गरिन्छ ।

यसमा पैसा तिर्नका लागि एक समयसीमा निर्धारण गरिएको हुन्छ र यदि समयमा पैसा नदिए मूल्यको बढोत्तरी गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप