पत्रकार पक्राउ गरेकोमा क्रान्तिकारी पत्रकार संगठनको आपत्ति
काठमाडौँ, वैशाख ३० – आफ्ना एक दर्जनभन्दा बढी पत्रकारहरु पक्राउ गरेको भन्दै विप्लव माओवादी निकट क्रान्तिकारी पत्रकार संगठनले आपत्ति जनाएको छ । संगठनका अध्यक्ष प्रभात चलाउनेले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको व्यवहार प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
सरकारले देशका विभिन्न ठाउँमा विनाकारण मानिसहरुलाई गिरफ्तार गर्ने, धम्की दिने, घरघरमा पुगेर खानतलासी गर्ने क्रियाकलापहरु तीब्र बनाएको संगठनको अरोप छ ।
‘यस क्रममा करिव एक दर्जन पत्रकारहरु गिरफ्तार गरिएका छन् । साथै बिभिन्न सञ्चारमाध्यमका कार्यालय, त्यसमा कार्यरत पत्रकार/लेखकहरुलाई प्रहरीले फोन गरेर सोधपुछ गर्ने, धम्की दिने काम गरिरहेको छ’ विज्ञप्तिमा भनिएको छ । घरमा बसिरहेका, आफ्नो कार्यालयमा काम गरिरहेका तथा बाटोमा हिडिरहेका बेला करिव ३०० जना मानिसहरु गिरफ्तारीमा परेको संगठनको दाबी छ ।
गिरफ्तार गरिएका पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधको मुद्दा लगाएर राखिएको विज्ञप्तिमा उल्लेख छ ।
‘यसप्रति हाम्रो संगठन गम्भीर आपत्ती प्रकट गर्दछ । साथै हामी विना कारण र विना पक्राउ पुर्जी पत्रकारहरु गिरफ्तार गर्ने, उनीहरुमाथि झुट्टा मुद्दा लगाउने र घरपरिवारमा दुःख दिने, आतंक फैलाउने कार्य तत्काल बन्द गर्न माग गर्दछौं,’ विज्ञप्ति मार्फत माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण